शनिबार, पुस १२, २०८२

निगमको न्यारो बडी जहाज मर्मतपछि सोमबार काठमाडौं आइपुग्ने

 |  आइतबार, वैशाख ९, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ९, २०८१

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को न्यारो बडी जहाज इजरायलमा मर्मतपछि सोमबार काठमाडौँ आइपुग्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले निगमको न्यारो बडी जहाज मर्मतपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जानकारी दिए।

National life

मन्त्रालयमा  आइतबार आयोजित पत्रकारसँगको अन्तर्क्रियामा मन्त्री तामाङले लामो समयदेखि इजरायलमा मर्मतमा रहेको जहाज काठमाडौँ आउन लागेको बताए। आफू मन्त्रीको जिम्मेवारीमा आएदेखि नै जहाज चाँडो मर्मत गरेर ल्याउन ताकेता गरेको भए पनि प्राविधिक कारण ढिलो गरी जहाज आउन लागेको बताए।

जहाज ग्राउन्डेड भएको झन्डै तीन महिनापछि निगमले उक्त जहाज इन्जिन मर्मतका लागि इजरायल पठाइएको थियो। इजरायलमा करिब पाँच महिनाको मर्मतपछि जहाज काठमाडौँ फर्किन लागेको हो।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार इजरायलमा मर्मत भएको न्यारो बडी जहाज भोलि राति काठमाडौँ आइपुग्नेछ। जहाज चाँडो मर्मतका लागि पहल गर्दा पनि प्राविधिक कारण विलम्ब भएको उनले जिकिर गरे।

नाइन–एकेएक्स जहाजको इन्जिन मर्मतका लागि एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ष्ट्रिजसँग लिजसहितको इन्जिन मर्मत सम्झौता भएअनुसार जहाज मर्मत गरिएको हो। जहाज मर्मतका लागि चार साइकल राखेर जहाज ग्राउन्डेड गरिएको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 21, 2024| 21:12 आइतबार, वैशाख ९, २०८१
प्रतिक्रिया दिनुहोस्