आइतबार, वैशाख २३, २०८१

ट्याक्टरले किच्दा बैतडीमा एक जनाको मृत्यु

 |  आइतबार, वैशाख ९, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ९, २०८१

triton college
corrent noodles
Metro Mart

बैतडी- ट्याक्टरले किच्दा बैतडीमा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको डिलासैनी गाउँपालिका–¬१ का २५ वर्षीय नरेन्द्रपसाद भट्ट रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले राससलाई जानकारी दिए। 

डिलासैनी गाउँपालिका¬–१ ब्रमबाट सीमातर्फ गइरहेको  सुपप्र ०१००२ त ४६८६ नं को ट्र्याक्टरले डिलासैनी–१ को वडा कार्यालय नजिकै वसन्तपुर तुफानडाँडा ब्रम भन्ने स्थानमा आज दिउँसो २ बजे भट्टलाई ट्र्याक्टरले किचेको हो। 

ट्याक्टरको ढालामा सवार नरेन्द्र एक्कासि खसेका र ट्याक्टरको पछाडिको टायरले किचेको थियो। टायरले किचेर नरेन्द्रको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए। घटनालगत्तै सीमा प्रहरी चौकी र इलाका प्रहरी कार्यालय पाटनको प्रहरीको टोली  गएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

प्रकाशित: Apr 21, 2024| 19:28 आइतबार, वैशाख ९, २०८१
प्रतिक्रिया दिनुहोस्