शनिबार, वैशाख २२, २०८१

गर्मी बढेपछि जताततै आगलागी

 |  सोमबार, वैशाख १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १०, २०८१

सुदूरपश्चिम- कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका–६ का १५ किसान परिवारको १० बिघा गहुँ खेतमा आगलागी हुँदा बाली जलेर नष्ट भएको छ। जोशीपुर प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले बाली काटेर खेतमा सुकाइ राखिएको अवस्थामा शनिबार आगलागी भएको जानकारी दिए। प्रहरी र स्थानीयवासीको प्रयासमा आगो निभाउने प्रयास गरिएको थियो।

triton college

जोशीपुरकै एक किसानको १३ कठ्ठा क्षेत्रफलको गहुँबालीमा पनि दुई दिनअघि आगलागी भएको थियो। भजनी, बर्दगोरियालगायत क्षेत्रको गहुँबाली पनि आगलागी भएको छ। आगलागीबाट पुगेको क्षतिको थप विवरण आउन बाँकी छ।

केही दिनदेखि गर्मीबढेसँगै मध्याह्नको समयमा चल्ने हावाहुरीका कारण आगलागिका घटना बढाउन मद्दत पुर्याइरहेको स्थानीयवासीले बताएका छन्। गहुँ काटेर खाली रहेको खेत (गहुँको नलमा) मा पनि आगलागि भइरहेको छ।

गहुँबाली काटेर खाली भएको खेतमा लागेको आगो निभाउने क्रममा गौरीगङ्गा नगरपालिकाका वीरबहादुर शाहू जलेर घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

गर्मीसँगै वन क्षेत्रमा पनि डढेलो लाग्ने घटना बढेका छन्। अग्नि नियन्त्रण रेखा बनाएर डढेलो रोकथामको प्रयास गरिए पनि पूर्णरुपमा डढेलो नियन्त्रणमा कठिनाइ भइरहेको बताइएको छ। डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले यसपाली पर्याप्त वर्षा हुननसक्दा बढेको गर्मीसँगैको सुक्खा मौसमले डढेलोको कहर देखिएको बताए। ‘ठाउँठाउँका वन क्षेत्रमा डढेलो लाग्ने समस्या बढेको छ, निभाउने कामपनि सतर्कता अपनाई भइरहेको छ।’ उनले भने।

corrent noodles
Metro Mart

डढेलो हुननदिन डढेलो लाग्नपूर्व र डढेलो लागि सकेपछि गर्नुपर्ने सबै क्रियाकलाप गर्ने गरिएको उनले बताए। आगो लगाउँदा वनमा घाँसको नयाँ पालुवा उम्रिन्छ भन्ने कतिपय समाजमा गलत सोचाइ देखिएको र चुरोट बिडी सेवन गर्नेले यसको ठुटो जथाभाबी वनमा फ्याकिदिने गर्दा गर्मी मौसममा वन डढेलोको समस्या बढ्ने गरेको बताइएको छ।

जिल्लाको फुलवारी, गौरीगङ्गालगायतका क्षेत्रका सामुदायिक वनमा डढेलो लागेको छ। गर्मी बढेसँगै मध्याह्नको समयमा तातो हावा (लु) चल्न थालेपछि जिल्लाको जनजीवन कष्टकर बन्न थालेको छ। हावाहुरीले धनगढीको बजार क्षेत्रमा निर्माणाधीन सडकबाट उड्ने धुलोमाटोले वरपरका व्यापारिक पसल र निजी घरधनीले हैरानी खेप्नुपरेको छ। उड्ने धुलोमाटोले सडकको आवागमन पनि असहज बनेको छ।

‘निर्माण भइरहेका सडकबाट उड्ने धुलोमाटो सफा गर्दैमा दिन बित्ने गरेको छ, व्यापार व्यवसाय पनि ठप्प छ।’ स्थानीय राजेश चौधरीले गुनासो गरे। केही दिनदेखि धनगढीमा गर्मी ह्वात्तै बढेको छ। चार दिनअघि ३७ दशमलब चार डिग्रिसेल्सियस रहेको धनगढीको अधिकतम तापक्रम बढेर शुक्रबार ४० दशमलव छ डिग्री सेल्सियस पुगको थियो। यस्तै २०डिग्रीसेल्सियस निम्न तम तापक्रम बढेर २२ दशमलब छ डिग्री पुगेको थियो।

आज अधिकतम तापक्रम र निम्न तम तापक्रम अघिल्ला दुईदिनको भन्दा केही कम मापन भएको अत्तरियास्थित जल तथा मौसम विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जय साहले जानकारी दिए। कार्यालयका प्रमुख साहले यसवर्ष विगतको तुलनामा गर्मी बढ्ने अनुमान गरिएको जानकारी दिए। ‘यसवर्ष हिउँदेयाममा ठूलो वर्षा नभएको र ग्लोबल वार्निङको प्रभावले गर्दा गर्मी बढ्ने अनुमान विश्व मौसम सङ्गठनले गरेको छ’, उनले भने, ‘गर्मी बढ्दा अनावश्यक रुपमा घरबाहिर नजान र झोलिलो पर्दाथ सेवन गर्दा गर्मीबाट जोगिन सकिन्छ।’ रासस

प्रकाशित: Apr 22, 2024| 09:01 सोमबार, वैशाख १०, २०८१
प्रतिक्रिया दिनुहोस्