बुधबार, भदौ १०, २०८३

१ लाख ४० हजारमा बिक्यो दीपेन्द्रको जर्सी

 |  आइतबार, वैशाख ९, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ९, २०८१

काठमाडौं- नेपाली क्रिकेट टिमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी अमेरिकाका सबैभन्दा बढी मूल्यमा बिक्री भएको छ।

अमेरिकास्थित नेपाली संघसस्थाले आयोजना गरेको अक्सनमा दीपेन्द्रको जर्सी १ हजार ५० डलरमा बिकेको हो। क्रिस्टल कँडेलले दीपेन्द्रको जर्सी नेपाली रुपैयाँ १ लाख ४० हजारमा किनेका हुन्।

टेक्सास राज्यको अर्भिङ सहरमा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाली क्रिकेट समर्थकहरुसँग अन्तरक्रिया गर्ने क्रममा दीपेन्द्रको जर्सी अक्सनमा राखिएको थियो।

dipendra-1713016855.jpg
दीपेन्द्रले गत साता ओमानमा भएको 'एसीसी प्रिमियर कप' क्रिकेटमा एकै ओभरमा ६ छक्का हानेर कीर्तिमान बनाएका थिए। कुनै पनि ब्याटरले एक ओभरमा लगातार ६ छक्का प्रहार गर्नुलाई क्रिकेटमा दुर्लभ मानिन्छ। योसँगै उनी ६ बलमा ६ छक्का प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेटमा पनि एकै ओभरमा ६ छक्का बनाउने खेलाडीको सूची निकै छोटो छ। यसअघि भारतका युवराज सिंहले सन् २००७ को टी–२० विश्वकपमा इङ्ग्ल्यान्डविरुद्ध एकै ओभरमा ६ छक्का बनाएका थिए। त्यस्तै सन् २०२१ मा वेस्ट इन्डिजका किरन पोलार्डले श्रीलंकाविरुद्धको खेलमा ६ छक्का प्रहार गरेका थिए।

यस्तै एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा दक्षिण अफ्रिकाका हर्स्चेल गिब्सले सन् २००७ को विश्वकपमा नेदरल्यान्ड्सविरुद्धको खेलमा उक्त कीर्तिमान बनाएका थिए। अमेरिकाका जसकरण मल्होत्राले पनि पपुवा न्युगिनी विरुद्धको एक दिवसीय खेलमा त्यस्तै कीर्तिमान बनाएका थिए।

प्रकाशित: Apr 21, 2024| 11:58 आइतबार, वैशाख ९, २०८१
प्रतिक्रिया दिनुहोस्