मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • गोरखामा ताल फुट्दा बूढीगण्डकीमा बहाव बढ्यो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

गोरखामा ताल फुट्दा बूढीगण्डकीमा बहाव बढ्यो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

 |  आइतबार, वैशाख ९, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ९, २०८१

काठमाडौं- उत्तरी गोरखाको वीरेन्द्र ताल फुटेर बूढीगण्डकी नदीमा बहाव बढेकाले तल्लो तटीय क्षेत्रमा सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ।

आज बिहान चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु  क्षेत्रमा रहेको वीरेन्द्र ताल फुटेको हो।

ताल फुट्दा बूढीगण्डकीमा पानीको बहाव उच्च भएको छ। बिहान पौने नौ बजेतिर तालमा ठूलो हिउँ पहिरो झरेको स्थानीयले बताएका छन्। बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

वीरेन्द्र ताल फुट्दा चुमनुव्री र धार्चे गाउँपालिकाको तटीय क्षेत्रमा जोखिम बढेको छ।

 

प्रकाशित: Apr 21, 2024| 10:40 आइतबार, वैशाख ९, २०८१
प्रतिक्रिया दिनुहोस्