बुधबार, भदौ १०, २०८३

पुनः सञ्चालनमा आयो झुलाघाट नाका

 |  आइतबार, वैशाख ९, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ९, २०८१

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको छ। 

भारतमा भएको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै बन्द गरिएको सीमानाका शनिबारदेखि पुनः सञ्चालनमा आएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए।

यही वैशाख ७ गते त्तराखण्ड राज्यमा भएको लोकसभा सदस्यको  निर्वाचनलाई मध्यनजर गर्दै वैशाख ४ गते साँझ ६ बजेदेखि वैशाख ७ गते निर्वाचन नसकिँदासम्मका लागि झुलाघाट नाका बन्द गरिएको हो।

प्रकाशित: Apr 21, 2024| 08:12 आइतबार, वैशाख ९, २०८१
प्रतिक्रिया दिनुहोस्