शनिबार, पुस १२, २०८२

आईपीएलमा दिल्लीमाथि हैदराबादको सहज जित

 |  आइतबार, वैशाख ९, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ९, २०८१

काठमाडौं- भारतमा जारी आईपीएल अन्तर्गत सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्समाथि ६७ रनको सहज जित हात पारेको छ। दुई ओपनर ट्रविस हेड र अभिषेक शर्माको कीर्तिमानी विष्फोटक ब्याटिङमा हैदराबादले जितेको हो।

National life

पाँचौं जितसँगै दोस्रो स्थानमा उक्लिएको हैदराबादले प्लेअफ सम्भावना बलियो बनाएको छ। २६७ रनको लक्ष्य पछ्याएको दिल्ली १९.१ ओभरमा १९९ रनमा अलआउट भयो। 

अरुण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाउँदै २६६ रन बनाएको थियो। 

अहिले आईपीएलमा राजस्थान ७ खेलमा १२ अंकका साथ शीर्षस्थानमा छ। दिल्ली ८ खेलमा ३ मा जितसहित सातौं स्थानमा छ।

प्रकाशित: Apr 21, 2024| 06:30 आइतबार, वैशाख ९, २०८१
प्रतिक्रिया दिनुहोस्