शनिबार, पुस १२, २०८२

दुई अर्बको सम्पत्ति दान गरेर परिवारै भिक्षु बनेपछि...

 |  शनिबार, वैशाख ८, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ८, २०८१

भारतको गुजरात राज्यमा एक धनाढ्य दम्पतीले जैन भिक्षु बन्न आफ्नो सारा सम्पत्ति दानमा दिने भएका छन्। भावेश भण्डारी र उनकी पत्नीले निर्माण व्यवसायबाट करिब २ अर्ब भारु (२ करोड ४० लाख डलर) सम्पत्ति जोडेका थिए।

National life

अन्य धनाढ्यजस्तै यी दम्पतीले पनि विलासी जीवन जिउँदै आएका थिए। सन् २०२२ अप्रिल २२ मा दम्पतीको १६ वर्षीय छोरा र १९ वर्षकी छोरी भिक्षु बने। छोरा र छोरीको कदमलाई पछ्याउँदै हालै यो दम्पतीले सबै सम्पत्ति दान दिएर जैन भिक्षु बन्ने निर्णय गरेका छन्। 

भण्डारी दम्पतीले संयम जीवन अपनाउने वाचा पनि गरिसकेका छन्। फेब्रुअरीमा यो जोडीले एउटा रथमा चढेर आफूसँग भएको पैसादेखि मोबाइल र एसीसम्म सबै चिज सहरभरि बाँड्दै हिँडेका थिए।

सन् २०१७ मा मध्य प्रदेशमा एक जोडीले पनि १ अर्ब भारु दान गर्दै तीन वर्षीय छोरीलाई छाडेर भिक्षु बनेका थिए। यसैगरी गएको वर्ष एक हिरा व्यापारी र उनकी श्रीमतीले पनि सारा सम्पत्ति छाडेर जैन तपस्वी बनेका थिए। 

प्रकाशित: Apr 20, 2024| 17:05 शनिबार, वैशाख ८, २०८१
प्रतिक्रिया दिनुहोस्