एजेन्सी- स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनाका सुपर स्टार खेलाडी लियोनल मेस्सी जस्ता खेलाडी विश्व फुटबलमा कमैमात्र भएको फ्रान्सका पूर्वस्टार रोवर्ट पिरेजले बताएका छन् । पिरेजले मेस्सी विश्व फुटबलकै सर्वकालीन् उत्कृष्ट खेलाडी भए, नभए पनि उनीजस्ता खेलाडी विश्व फुटबल इतिहाँसमा कमै मात्र रहेको बताए हुन् ।
‘मलाई थाहा छैन कि, मेस्सी इतिहासकै उत्कृष्ट हुन् कि हैनन् ।’ पिरेजले भने, ‘तर, उत्कृष्ट खेलाडी जति छन्, तीमध्ये मेस्सी केही फरक भने अवश्य छन् ।’
उनले थपे, ‘मैले जिदान, हेनरी र जुवान रोमानससँग खेले । मैले रोनाल्डिन्हो र क्रिस्टियानो रोनाल्डोविरुद्ध पनि खेले । तर, मेस्सी सबैभन्दा केही फरक छन् । त्यसैले उनले कैयौ खेलमा जादुयी प्रदर्शन गरेका छन् ।’
त्यसक्रममा पिरेजले मेस्सीलाई फ्रान्सको राष्ट्रिय टोलीका पूर्वखेलाडी तथा रियल मड्रिडका लिजेन्ड जिनेदिन जिदान तथा फ्रान्सका लिजेन्ड थिएरी हेनरीसँग तुलना गरेका छन् । उनले आफूले जिदान र हेनरीसँग खेलेको स्मरण गर्दै उनीहरूभन्दा मेस्सी केही उत्कृष्ट र विशेष रहेको बताए ।
फ्रान्सले सन् १९९८ मा विश्वकप जित्दा जिदान र हेनरी पनि टोलीका सदस्य थिए । पिरेजले पछिल्लोपटक ला लिगामा इस्पान्योलविरुद्धको बार्सिलोनाको खेल सम्झिँदै भनेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४