बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सुप्रिम सहकारी ठगी प्रकरण: जीबी राईसहित १९ जनाविरुद्ध ३५ दिने म्याद जारी

सुप्रिम सहकारी ठगी प्रकरण: जीबी राईसहित १९ जनाविरुद्ध ३५ दिने म्याद जारी

 |  शुक्रबार, वैशाख ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ७, २०८१

काठमाडौं- बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटाला प्रकरणमा संलग्न फरार प्रतिवादीहरूलाई जिल्ला अदालत रुपन्देहीले ३५ दिने म्याद जारी गरेको छ। 

सहकारीका संस्थापक गितेन्द्रबाबु (जीबी) राईसहित १९ जनालाई पक्राउ पुर्जी जारी गर्ने आदेश भएको हो।

जिल्ला सरकारी वकिल कार्यालयले सो प्रकरणमा २८ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको थियो। शुक्रबार थुनछेक बहसपछि न्यायाधीश डा. दीपक उप्रेतीको इजलासले ओम प्रकाश गुरुङलाई थुनामा पठाउन आदेश गरेको छ भने ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ। 

प्रकाशित: Apr 19, 2024| 19:29 शुक्रबार, वैशाख ७, २०८१
प्रतिक्रिया दिनुहोस्