आइतबार, साउन १०, २०८३

पाँच महिनापछि आज नेकपाको स्थायी समिति बैठक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पूर्व एमाले र माओवादीको एकिकरणपछि दोस्रो पटक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शनिबार बस्दै छ। पाँच महिनापछि बैठक बस्न लागेको हो। यसअघि २१ असारमा पहिलो पटक स्थायी समिति बैठक बसेको थियो। दिउँसो १ बजेका लागि बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए। 

२२ मंसिरमा बालुवाटारमा केन्द्रीय सचिवालय बैठक डाकेर अपमानपूर्वक पर्खाइएको भन्दै चार नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बहिष्कार गरेपछि अध्यक्षद्वय केपी ओली र प्रचण्डसहित सचिवालयको बहुमत सदस्यको बैठकले शनिबारका लागि स्थायी समिति बैठक बोलाएको थियो। चार नेता बाहिरिएपछि अमिति तय गरेको थियो।

यो पनि, 
ओली नआएपछि माधव, झलनाथ, नारायणकाजी र वामदेवले बैठक बहिष्कार गरे

नेकपाभित्र 'ग्याङ अफ फोर' : मदन भण्डारीदेखि केपी ओलीसम्म 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको बैठक बोलाएको भन्दै चर्को आलोचना भएपछि आजको बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भएको छ। स्थायी समिति बैठकका एजेन्डा कम्तीमा दुई दिनपहिल्यै जानकारी गराउने पार्टीको नीति भएपनि बैठक बस्ने दिन पनि एजेन्डा बारे स्थायी समितिका सदस्यहरु जानकार छैनन्।  एक जना स्थायी समिति सदस्यले भने, ‘अहिलेसम्म बैठक एजेन्डाबारे जानकारी छैन। सायद, अहिले उठिरहेका समसामयिक विषयमै छलफल हुने त होला नि।’


केन्द्रीय कार्यालय सचिव श्रेष्ठले भने पार्टी एकीकरणसहितका थाती एजेन्डाहरूमा छलफल हुने बताए। सचिवालय बैठकमा एक दर्जन एजेन्डा प्रस्तावित छन्। पार्टीको जिल्ला तथा जनसंगठनहरू एकीकरण, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, पोलिटब्युरो गठन, सरकार र संसद्को कामको समीक्षालगायत एजेन्डा थाती छन् । तर, शनिबारको एजेन्डा खुलाएर बैठक बोलाइएको छैन। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।