सोमबार, चैत ३०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • नेशनल पेमेन्ट गेटवे प्रकरण: सुनिल पौडेल दोषी ठहर, बाँकी ८ जनालाई सफाइ

नेशनल पेमेन्ट गेटवे प्रकरण: सुनिल पौडेल दोषी ठहर, बाँकी ८ जनालाई सफाइ

 |  शुक्रबार, वैशाख ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ७, २०८१

काठमाडौं- 'नेशनल पेमेन्ट गेटवे'को भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल दोषी ठहर भएका छन्।

National life

शुक्रबार विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई दोषी ठहर गरेको हो। दोषी ठहर भएका पौडेलको सजाय निर्धारणका लागि वैशाख २५ गते मिति तोकिएको छ। सुरक्षण मुद्रणको खरिदमा भ्रष्टाचार भएको भन्दै उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो।

यो प्रकरणमा निलम्बित सचिव मधुकुमार मरासनीसहित आठ जनालाई भने अदालतले सफाई दिएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 'नेशनल पेमेन्ट गेटवे' अनियमितता गरेको भन्दै विशेष अदालतमा २३ करोड मूल्य बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

प्रकाशित: Apr 19, 2024| 18:06 शुक्रबार, वैशाख ७, २०८१
प्रतिक्रिया दिनुहोस्