शुक्रबार, असार ५, २०८३

आगो निभाउने क्रममा जलेर एक महिलाको मृत्यु

 |  शुक्रबार, वैशाख ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ७, २०८१
National life
Shivam cement

स्याङजा- स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङको आगो निभाउने क्रममा आज जलेर मृत्यु भएको छ। 

बारीमा कोदोको बिउ राख्नलाई पात-पतिङ्गर जलाउने क्रममा जङ्गलमा आगो सल्किएपछि उक्त आगो निभाउन खोज्दा गुरुङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए।

गुरुङको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले घटनाका सम्बन्धमा  अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Apr 19, 2024| 18:02 शुक्रबार, वैशाख ७, २०८१
प्रतिक्रिया दिनुहोस्