एजेन्सी- इंग्लिश क्लब लिभरपुलका फरवार्ड मोहमद सलाहले ‘बीबीसी अफ्रिकन बर्ष फुटबलर’ अवार्ड जितेका छन् । अवार्डका लागि बीबीसीले मनोनयन गरेका अन्य चार खेलाडी भन्दा सर्वाधक बढी मत ल्याउदै सलाहले अवार्ड जितेका हुन् । सलाह यस अवार्ड जित्ने इजिप्टका तेस्रो खेलाडी हुन् ।
बेलायती संचार संस्था बीबीसीले हरेक बर्ष प्रदान गर्ने यस अवार्ड सलाहले लगातार दोस्रो पटक जितेका हुन् । सलाहले गत बर्ष पनि उक्त अवार्ड जितेका थिए । उनले युरोपमा व्यवसायिक फुटबल खेलिरहेका अफ्रीका महादेशका अन्य चार खेलाडीलाई पछि पारेका थिए ।
यस उपाधि जित्ने क्रममा सलाहले सेनेगल तथा लिभरपुलकै साडियो माने, मोरक्को तथा युभेन्ट्सका मेधी बेनेटीया, सेनेगल तथा मोनाकोका कालिडोउ कोलीवाली र घाना तथा एट्लेटीको मड्रिडका थोमस पार्टीलाई पछि पारे । यस अवार्ड जित्ने क्रममा सलाहले ६ लाख ५० हजार बढी भोट पाएका थिए ।
सलाहले गत सिजन लिभरपुलका लागि उत्कृष्ट खेलेका थिए । लिभरपुलका लागि सलाहले गत सिजन ५२ खेलमा ४४ गोल गरेका थिए । सलाहकै उच्च प्रदर्शनले गत सिजन लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४