सोमबार, चैत ३०, २०८२

एसिसी प्रिमियर कप: सेमिफाइनलमा यूएईसँग नेपाल स्तब्ध

 |  शुक्रबार, वैशाख ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ७, २०८१

काठमाडौं- एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको साविक विजेता नेपाल सेमिफाइनलमा यूएईसँग पराजित भएको छ।

National life

शुक्रबार ओमानको अलअमेरतमा भएको पहिलो सेमिफाइनलमा नेपालमाथि यूएईले ६ विकेटको जित निकाल्दै फाइनल यात्रा तय गरेको छ।

नेपालले दिएको १२० रनको सामान्य लक्ष्य यूएईले १७.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। यूएईका लागि ओपनिङ ब्याटर अलिशान शराफूले नटआउट ५५ रन जोडे। उनले ४१ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

बलिङमा नेपालका गुल्सन झाले २ विकेट लिँदा सोमपाल र ललितले १-१ विकेट हात पारे।

त्यसअघि यूएईविरूद्ध नेपालले खराब ब्याटिङ गरेको थियो। टस जितेको यूएईले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा ११९ रनमात्र जोड्न सक्यो।

kumari

पहिलो बलदेखि विकेट गुमाउन थालेको नेपालले लगातार विकेट गुमाएको थियो। नेपालका लागि सन्दीप जोराले अर्धशतक प्रहार गरे पनि अरु ब्याटरले उल्लेख रन जोड्न सकेनन्।

नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने यूएई समूह बी को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो।

समूह चरणमा नेपाल अपराजित रह्यो। नेपालको समूहमा रहेका साउदी अरब, कतार, हङकङ र मलेसिया सबैसँगको खेलमा नेपाल विजयी भएको थियो।

प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ। सन् २०२५ को एसिया कप टी-२० फर्म्याटमा हुनेछ। शीर्ष तीन टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन्।

अब नेपालले शनिबार तेस्रो स्थानका लागि ओमान वा हङकङमध्ये एक टिमसँग खेल्नेछ।

प्रकाशित: Apr 19, 2024| 14:59 शुक्रबार, वैशाख ७, २०८१
प्रतिक्रिया दिनुहोस्