शनिबार, पुस १२, २०८२

सामान निकाल्न जलिरहेको घरभित्र पस्दा ज्यान गयो

 |  शुक्रबार, वैशाख ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ७, २०८१

National life
Laxmi sunrise bank
kumari

दाङमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका–९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटे रहेका जिल्ला प्रहरीले कार्यालयले दाङले जनाएको छ।

बिहीबार राति बोटेको गोठमा लागेको आगो फैलिएर घरसम्म पुगेको थियो। घरमा आगो लागेको थाहा पाएपछि वीरबहादुर नगद तथा अन्य सामग्री निकाल्न घरभित्र पसेका थिए। त्यहीबेला आगोले जलेर उनको मृत्यु भएको हो।

आगोले वीरबहादुरको घर गोठ तथा उनका भतिजा हुकुमबहादुर बोटेको घर जलेर नष्ट भएको छ। लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको पहलमा आगो नियन्त्रणमा लिइएको थियो।

प्रकाशित: Apr 19, 2024| 14:43 शुक्रबार, वैशाख ७, २०८१
प्रतिक्रिया दिनुहोस्