आइतबार, साउन १०, २०८३

मनाङमाथि दबाब बढाउने थ्रीस्टारको लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिबार दुई खेल हुँदैछन् । दुवै खेल हल्चोकस्थित एपिएफको खेले मैदानमा हुदैछन् ।

पहिलो खेलमा बिहान ११ बजे च्यासल युवा क्लबले ब्रिगेड ब्वाइज क्लबविरुद्ध भिड्दै छ । लिगको शीर्ष ४ स्थानमा पुग्ने लक्ष्य लिएको च्यासलले पछिल्लो समय राम्रो नतिजा हात पारेको छ । 

क्लबले विदेशी फरवार्ड एल्भिसलाई पनि क्लबमा सामेल गरेको छ । सन्तोष साहुखल र पछिल्लो खेलमा २ गोल गरेका सन्त बहादुर गुरुङले अग्रपंक्ति सम्हाल्ने छन् । ब्रिगेड ब्वाइज भने लिगमा दोस्रो जितको खोजीमा छ ।

दोस्रो खेल दिउँसो २:३० बजे लिग उपाधिको दौडमा रहेको रुस्लान थ्री स्टार र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्रले हालसम्म लिगमा एक गोल पनि गर्न सकेको छैन । सुरुवाती दुई खेलमा च्यासल र पुलिसलाई गोलरहित बराबरीमा रोकेको मछिन्द्रले त्यसयता एक खेल बराबरी खेलेको छ ।

थ्री स्टारले पछिल्लो समय लगातार जित दर्ता गर्दै आइरहेको छ । तेस्रो चरणमा मनाङसँग पराजित भएयता थ्री स्टार क्लबले लगातार ४ जित दर्ता गरिसकेको छ । शीर्ष स्थानमा मनाङलाई दबाबमा राख्न टोलीले जित हासिल गर्नु पर्ने अवस्था छ । 

७ खेलमा १८ अंक जोडेको थ्री स्टार संकटा भन्दा ३ अंक र मनाङभन्दा ६ अंक पछाडी छ । यद्यपी अगाडिका क्लबले १ खेल बढी खेलेका छन् । थ्री स्टारले जित दर्ता गरे संकटासँग बराबरी हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।