शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • विपिनको रिहाइका लागि थप पहल गरिदिन परिवारले भेटे प्रधानमन्त्री

विपिनको रिहाइका लागि थप पहल गरिदिन परिवारले भेटे प्रधानमन्त्री

 |  शुक्रबार, वैशाख ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ७, २०८१
National life
Shivam cement

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुबाआमासहित परिवारका सदस्यले भेट गरेका हुन्। भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप प्रयासका लागि प्रधानमन्त्रीसँग अनुरोध गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्री दाहालले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र त्यस निम्ति निरन्तर पहल गरिरहेको बताउँदै चाँडै सकारात्मक परिणाम आउनेमा आफू आशावादी रहेको उल्लेख गरे।

प्रकाशित: Apr 19, 2024| 09:54 शुक्रबार, वैशाख ७, २०८१
प्रतिक्रिया दिनुहोस्