शनिबार, पुस १२, २०८२

भारतमा सात चरणको लोकसभा निर्वाचन सुरु

 |  शुक्रबार, वैशाख ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ७, २०८१

काठमाडौं- भारतमा नयाँ सरकार चुन्न आजदेखि आम चुनाव हुँदैछ। लोकसभाको ५ सय ४३ सिटका लागि डेढ महिना लगाएर सात चरणमा चुनाव हुन लागेको हो।

National life

आजदेखि सुरु हुने मतदान १ जुनसम्म चल्नेछ भने ४ जुनमा यसको मतगणना गरिनेछ। आज पहिले चरणको मतदान हुँदैछ। 

पहिलो चरणमा २१ राज्यको १ सय २ सिटका लागि आज मतदान हुँदैछ। उत्तर प्रदेशका ८, बिहारका ४, मध्य प्रदेशका ६, राजस्थानका १२, उत्तराखण्डका ५, पश्चिम बंगालका ३, असमका ४, मेघालयका २, अरुणाचलका २, मणिपुरका २, महाराष्ट्रका ५, तमिलनाडुका ३९, छत्तीसगढको १, मिजोरमको १, नागाल्याण्डको १, सिक्किमको १ र त्रिपुराको १, जम्मु कश्मिरको १, अण्डमान निकोबार टापुको १, लक्षद्वीपको १, र पुडुचेरीको १ सिटमा आज मतदान हुँदैछ।

स्थानीय समयअनुसार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। आज मतदान हुने १०२ सिटका लागि १ हजार ६ सय २५ उम्मेदवार मैदानमा रहेका छन्। मतदानलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ भने नेपालसँग जोडिएका राज्यहरुमा सीमा बन्द गरिएको छ। 

करिब एक अर्ब ४४ करोड जनसंख्या रहेको भारतमा करिब ९७ करोड मतदाता छन्।

Laxmi sunrise bank
kumari

मतदान इलेक्ट्रोनिक भोटिङ मेसिनबाट गरिनेछ। यसका लागि ५५ लाख मेसिनको व्यवस्था गरिएको छ। वृद्ध र असक्तका लागि पहिलो पटक हुलाकबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ।

५४३ सदस्यीय लोकसभामा सामान्य बहुमतका लागि २७२ सिट जित्न आवश्यक छ। यो निर्वाचनमार्फत प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो कार्यकाल पनि सत्ता सम्हाल्ने आकांक्षामा छन् भने विपक्षी कांग्रेस र उसको गठबन्धन मोदीलाई रोक्न जोडतोडले लागिरहेको छ।

प्रकाशित: Apr 19, 2024| 09:06 शुक्रबार, वैशाख ७, २०८१
प्रतिक्रिया दिनुहोस्