आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंको लक्ष्य प्ले अफ, चितवनलाई जित्नै पर्ने दबाब

काठमाडौंको लक्ष्य प्ले अफ, चितवनलाई जित्नै पर्ने दबाब

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेटमा शनिबार भैरहवा ग्लाडीयटर्सविरुद्ध काठमाडौं किङ्स इलाभेन र चितवन टाइगर्सविरुद्ध पोखरा राइनोज भिड्दै छन् । त्रिवि क्रिकेटमा मैदानमा शनिबार हुने पहिलो खेलमा बिहान ९ बजे भैरहवा र काठमाडौंबीच प्रतिस्पर्धा हुने छ ।

काठमाडौंविरुद्ध मैदान उत्रदा भैरहवा लगातार चौथो जितको खोजीमा हुनेछ । दुई खेल अगावै प्ले अफमा पुगेको भैरहवा जित निकाल्दै शीर्ष दुई स्थानमा रहने प्रयासमा हुनेछ । दोस्रो स्थानमा रहेको भैरहवाले ३ खेलबाट ६ अंक जोडेको छ ।

यता, काठमाडौं भैरहवालाई हराएर आफ्नो प्ले अफ सुरक्षित गर्न चाहन्छ । तीन खेलबाट ४ अंक जोडेर काठमाडौं चौथो स्थानमा छ । भैरहवालाई हराएमा काठमाडौंको प्ले अफ सम्भावना बलियो हुनेछ । तर, यदि पराजित भएको खण्डमा काठमाडौंको प्ले अफ सम्भावनाका लागि अर्को खेलको नतिजा पर्खिनु पर्ने छ । 

त्यस्तै शनिबार हुने दोस्रो खेलमा चितवन र पोखराबीच अपरान्ह १ बजे प्रतिस्पर्धा हुने छ । यो खेल चितवनका लागि महत्वपूर्ण रहेको छ ।  चितवनलाई प्ले अफको सम्भावना कायम राख्न यस खेल जित्नै पर्ने दबाब छ । 

चितवनले ४ खेलबाट २ अंक जोडेको छ । चितवनको यो अन्तिम खेल हो  ।  यता, पोखराका लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ । तर, पोखरालाई पहिलो जित निकाल्ने अवसर भने रहेको छ  । अघिल्ला चार खेल गुमाएर प्ले अफबाट बाहिरिएको पोखराले अंक जोड्न सकेको छैन  ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।