बुधबार, भदौ १०, २०८३

मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा मन्त्रिपरिषद् विस्तार

 |  बिहीबार, वैशाख ६, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ६, २०८१

धनुषा- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। 

चौथो पटक विश्वासको मत लिएपछि मुख्यमन्त्री यादवले तीन मन्त्री र एक राज्यमन्त्री थप गरी मन्त्रिपरिषद्  विस्तार गरेका हुन्। नवनियुक्त मन्त्रीमा भरतप्रसाद साह विनाविभागीय, युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन, बेची लुङ्गेलीले विनाविभागीय मन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन्। त्यस्तै गृह, सञ्चार तथा कानुन मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी शारदा थापाले प्राप्त गरे। 
    
साह र भट्टराई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का हुन् भने लुङ्गेली नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र थापा नेपाल कम्युनिष्ट पार्टी  (एमाले)का प्रदेशसभा सदस्य हुन्। नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट आजै पद तथा गोपनीयताको सपथ लिएकी छन्। राज्यमन्त्री थापाले भने मुख्यमन्त्री यादवबाट सपथ लिएकी छन्। 

प्रकाशित: Apr 18, 2024| 18:40 बिहीबार, वैशाख ६, २०८१
प्रतिक्रिया दिनुहोस्