काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नै स्वामित्वमा केन्द्रीय कार्यालय स्थापना गर्न घर वा जग्गा खरिद गर्ने भएको छ।
पार्टीको बढ्दो साङ्गठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वका लागि हालको अस्थायी व्यवस्थापनलाई प्रतिस्थापन गरी स्थायी कार्यालय सञ्चालन गर्ने केन्द्रीय समितिको निर्णयअनुसार घर वा जग्गा खरिद गर्न लागिएको हो।
प्रवक्ता जगदीश खरेलका अनुसार पार्टीले केन्द्रीय समिति बैठकको निर्णयअनुसार कार्यालयका लागि उपयुक्त घर वा पूर्वाधार निर्माण गर्न पुग्ने जग्गा खरिद गर्न इच्छुक घरधनी तथा जग्गाधनीसँग प्रस्ताव माग गरेको छ।
रास्वपाले आवागमनका दृष्टिले सहज, पर्याप्त भौतिक पूर्वाधार भएको र कार्यालय सञ्चालनका लागि उपयुक्त वातावरण भएको घर वा जग्गालाई प्राथमिकता दिने जनाएको छ।
पार्टीले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र इच्छुक घरधनी तथा जग्गाधनीलाई प्रस्ताव पेस गर्न अनुरोध गरेको छ। पार्टीका उक्त जानकारी दिएका हुन्।