शनिबार, पुस १२, २०८२

यूएईको बाढीमा एक नेपालीको मृत्यु 

 |  बिहीबार, वैशाख ६, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ६, २०८१

काठमाडौं- युनाइटेड अरब इमिरेट्स (यूएई) मा लगातारको वर्षाका कारण आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ।

National life

मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिकाका मोहन पुन रहेको नेपाली दूतावास आबुधाबीले जनाएको छ। 

यूएईको सारजाह शहरबाट अजमान जाने बाटो रहेको पुलनजिक बाढीमा पुन परेको दूतावासले जनाएको छ। वेल क्याफे रेस्टुरेन्टमा काम गर्दै आएका पुन भिजिट भिसामा यूएई पुगेका थिए।

यूएईमा भारी वर्षाका कारण सडक जलमग्न भएका छन् भने आवासीय भवनहरूमा पानी पसेको छ। मेट्रो रेल, आन्तरिक र अन्तर्र्राष्ट्रिय उडानसमेत प्रभावित बनेको छ।

प्रकाशित: Apr 18, 2024| 18:37 बिहीबार, वैशाख ६, २०८१
प्रतिक्रिया दिनुहोस्