शनिबार, साउन १२, २०८१

चौबिसै घण्टा ठमेल खोल्दा मानव अधिकारवादीको विरोध

 |  बिहीबार, वैशाख ६, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ६, २०८१

triton college
Metro Mart
vianet

काठमाडौँ- सरकारले ठमेल र दरबारमार्ग चौबीसै घण्टा खुला गर्ने घोषणा गरेपछि मानव अधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाहरुले विरोध जनाएका छन्। उनीहरुले ७ बुँदे मागसहित ध्यानाकर्षण गराएका हुन्।

‘माननीय गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मिति २०८० चैत्र ३० गते पूर्ण समय व्यवसाय सञ्चालन सम्बन्धी आचारसंहिता एवं सुरक्षा व्यवस्थापन मापदण्ड, २०८०’ जारी गर्दै लागु गरिसकेको र नयाँ वर्षको अवसरमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेद्वारा ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुल्ला भएको घोषणासमेत गरिसकेको विषयप्रति हामी महिला मानव अधिकार रक्षकहरू, मानव अधिकारको क्षेत्रमा कार्यरत सञ्जाल, सङ्घसंस्थाहरू र श्रमजीवीहरूको गम्भीर ध्यानाकर्षण भएको छ।, ’ उनीहरुले विज्ञप्तीमा भनेका छन्।

यस्ता छन् माग
१. श्रमिकलाई रोजगारदाताले ८ घण्टाभन्दा बढी काम लगाएमा अतिरिक्त पारिश्रमिकको व्यवस्था गरियोस्।
२. श्रमिकहरूको स्वास्थ्य बिमा, दुर्घटना बिमा आदि व्यवस्था गरी यसको प्रभावकारी कार्यान्वयन गरियोस्।
३. साप्ताहिक बिदा, वार्षिक बिदा, चाडपर्व बिदा, सुत्केरी भएबापत ९० दिन पाइने बिदा, श्रीमती सुत्केरी भए निजको श्रीमान्ले पाउने १५ दिनको स्याहार बिदा, बिरामी बिदा र महिलाले विशेष अवस्थामा पाउने बिदाको व्यवस्थाहरू कार्यान्वयन गरियोस्।
४. राज्यद्वारा तोकिएको श्रमिकको न्यूनतम पारिश्रमिक रोजगारदाताले दिए-नदिएकोबारे अनुगमन गरियोस्।
५. काममा राखेपछि कामको अवधि र पारिश्रमिक तोकिएको सम्झौता पत्र वा नियुक्ति पत्रको व्यवस्था गरियोस्।
६. एक दिन काममा नगए रोजगारदाताले श्रमिकको २ दिनको हाजिरी काट्ने गरेको, ग्राहकहरूले बिल भुक्तानी नगरी गएमा श्रमिक स्वयम्लाई तिराउने गर्ने गरेको प्रवृति रोकियोस्।
७. श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न यथोचित प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा पहल गरियोस्।

प्रकाशित: Apr 18, 2024| 18:28 बिहीबार, वैशाख ६, २०८१
प्रतिक्रिया दिनुहोस्