आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज काठमाडौंमा वर्षकै न्यून तापक्रम, हिमालमा हिउँ र तराईमा हुस्सु

आज काठमाडौंमा वर्षकै न्यून तापक्रम, हिमालमा हिउँ र तराईमा हुस्सु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पुस लाग्‍न थालेसँगै काठमाडौंलगायत देशभरको तापक्रम घट्दै गईरहेको छ। आज काठमाडौंमा वर्षकै न्यून तापक्रम मापन गरिएको छ। 

शनिबार बिहान ५ बजे मापन गरिएको काठमाडौंको तापक्रम ३ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसअघि काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री मापन गरिएको थियो। शनिबार भने काठमाडौंको तापक्रम ४ डिग्री पुगेको थियो। 

सुदूरपश्चिम र मध्यपश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा शुक्रबार हिमपात भएको छ। हिमपातले त्यहाँको जनजिवन कष्टकर बनाएको छ। 

शनिबार जुम्लाको तापक्रमा माइनस १ डिग्री मापन गरिएको छ। शुक्रबार जुम्लाको तापक्रम शून्य दशमलव ८ डिग्री मापन गरिएको थियो। 

त्यसैगरी जोमसोमको तापक्रम माइनस १ दशमलव ५ डिग्री मापन गरिएको छ भने जिरीको तापक्रमा माइनस एक दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ। 

सुदूर पहाडी जिल्ला डडेल्धुराको तापक्रम २ दशमलव २ डिग्री मापन गरिएको छ भने पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा ५ डिग्री मापन गरिएको छ। विरेन्द्रनगर सुर्खेत र लुम्लेको तापक्रम समान ४ दशमलव ५ डिग्री छ भने धनगढी र ओखलढुंगाको तापक्रम समान ६ दशमदव ८ डिग्री मापन गरिएको छ। 

धनकुटाको तापक्रम ८ दशमलव ७, धरानको १६ दशमलव ५ डिग्री, जनकपुरको १० डिग्री, विराटनगरको ११, सिमराको ९ दशमलव २, भैरहवाको १० दशमलव २ डिग्री, पोखराको ८ दशमलव ५ डिग्री, नेपालगन्जको ७ दशमलव ८ डिग्री र दिपयालको तापक्रम ७ डिग्री पुगेको छ। 

तरार्इका जिल्लामा हल्का हुस्सु लागेको छ भने हिमाली भेगमा हिउँ पर्न सुरु भएको छ। जाडो सुरु भएसँगै न्यानो लुगा लगाउने, तातो झोलिलो कुरा खाने, धेरै बाहिर नहिड्ने, वृद्धवृद्धा, सुत्केरी महिला तथा बालबालिकाको विशेष ख्याल गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ। 

मंसिर २९ गते शनिबार दिउँसो देशभरी मौसम सामन्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज बिहान काठमाडौंमा सुर्योदय बिहान ६ बजेर ४७ मिनेटमा भयो भने सुर्यास्त बेलुका ५ बजेर ११ मिनेटमा हुनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।