शनिबार, पुस १२, २०८२

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

 |  बिहीबार, वैशाख ६, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ६, २०८१

जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ। 

National life

उपमहानगरपालिका– १६ कपिलेश्वरमा गएराति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए।

उनका अनुसार युवतीको शवनजिकै एक बालिकाको पनि जीवितै उद्धार गरिएको थियो। ‘स्थानीयले खबर गरेपछि कपिलेश्वर महादेव मन्दिरदेखि अन्दाजी पाँच सय मिटर दक्षिणतर्फ पोखरीको छेउमा एक युवतीको जल्दै गरेको शव र अन्दाजी आठ महिनाको बालिकाको जीवितै उद्धार गरिएको छ,’ उनले भने।

उनका अनुसार जीवितै उद्धार गरिएकी बालिकाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुने युवती महोत्तरी मनरासिसवाकी अन्दाजी २२ वर्षीया प्रियंका महतो रहेको डिएसपी अवाले बताए। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 18, 2024| 14:23 बिहीबार, वैशाख ६, २०८१
प्रतिक्रिया दिनुहोस्