शनिबार, पुस १२, २०८२

युरोपियन च्याम्पियन्स लिगबाट बाहिरियो म्यानचेस्टर सिटी

 |  बिहीबार, वैशाख ६, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ६, २०८१

काठमाडौं- डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी बुधबार युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ।

National life

सिटी रियल म्याड्रिडबाट टाइब्रेकरमा पराजित भएको हो। रियलसँगै बायर्न म्युनिक पनि सेमिफाइनल पुगेको छ।

सिटीको घरेलु मैदानमा भएको दोस्रो लेगको खेल १–१ को बराबरीमा रहेपछि प्रतिस्पर्धा ४–४ को बराबरीमा पुगेको थियो। त्यसपछिको टाइब्रेकरमा रियल ४–३ ले विजयी रह्यो। निर्धारित समयमा रियलले राडरिगोको गोलले अग्रता लिएको थियो।

त्यसपछि सिटीका लागि केभिन डे ब्रुएनाले बराबरी गोल फर्काए। बायर्नले भने दोस्रो लेगमा आर्सनललाई १–० ले हराउन सफल भयो। यससँगै उसले ३–२ को निर्णायक अग्रता लियो। बायर्नका लागि जोसुआ किमिचले निर्णायक गोल गरे। 

प्रकाशित: Apr 18, 2024| 06:57 बिहीबार, वैशाख ६, २०८१
प्रतिक्रिया दिनुहोस्