आइतबार, साउन १०, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आज मंसिर २६ गते शुक्रबार कहाँ के-के भए? अब थाहापाउनुस्, नेपाल समय दिनभरी।

महासमिति बहस- कांग्रेसलाई कसरी ब्युँताउने? 

कांग्रेस महासमिति बैठक राजधानीमा शुक्रबार सुरु भएको छ। कांग्रेसको १३ औं महाधिवेशनपछिको दुई वर्षपछि हुन लागेको यो महासमितिले कांग्रेसलाई एउटा नयाँ उर्जा दिने अपेक्षा गरिएको छ। पार्टी संगठनलाई जीवन्त र क्रियाशील बनाउन नेतृत्वले विधानको कार्यान्वयन पक्षमा जोड दिनुपर्ने महासमिति सदस्यहरूले बताएका छन्। 

सानेपामा महासमितिको खचाखच 

नेपाली कांग्रेस केन्द्रिय कार्यलय सानेपा शुक्रबार बिहानदेखि नै खचाखच भरिएको छ।देशभरबाट आएका महासमिति प्रतिनिधि र पर्यबेक्षकले  पार्टी मुख्यालयमा नाम दर्ता गराइरहेका छन्।शनिबारदेखि सुरु हुने महासमितिको बैठकबारे समूह समूह चर्चा र परामर्श चलिरहेको छ।

कांग्रेस महासमिति : १६ सय प्रतिनिधि, एक करोड खर्च

नेपाली कांग्रेसको शुक्रबारदेखि सुरु हुने महासमिति बैठकमा एक हजार छ सय प्रतिनिधि र पर्यवेक्षकले भाग लिने भएका छन्। महासमितिस्थल राजधानीको रामशाहपथस्थित एक पार्टी प्यालेसमा शुरु हुने बैठकमा देशभरबाट आएका प्रत्येक प्रतिनिधिसँग प्रवेश शुल्क बापत एक हजार रुपैयाँ शुल्क उठाइने भएको छ। 

न पार्टी चल्यो न सरकार : झलनाथ 

झलनाथ खनाल, नेपालको कम्युनिस्ट आन्दोलनका एउटा पाका अगुवा हुन् । वामपन्थी वृत्तमा उनको आफ्नै विशिष्ट पहिचान छ। शालीन स्वभाव, आकर्षक व्यक्तित्व र दार्शनिक प्रखरताले गर्दा पार्टीभित्र मात्र होइन, राष्ट्रिय राजनीतिमा उनको प्रभाव र स्थान बेग्लै छ। 

नुवाकोट दुर्घटना: १७ जनाको शव फेला (अपडेट)

नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मिनिट्रक दुर्घटना भएको छ। शिखरबेशीबाट घ्याङफेदीतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना हुँदा १७ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भीमलाल भट्टराईले जानकारी दिए।

झोलामा विष बोकेर गृहमन्त्रीलाई भेट्न किन पुगे पूर्वलडाकु ?

तत्कालीन माओवादीका एक पूर्वलडाकुले विष पिएर गृहमन्त्रीकै सामुन्ने प्राण त्याग्ने योजनाअनुसार झोलामा मेटासिड र सुसाइड नोट बोकेर मन्त्रिनिवास पुगेको खुलासा भएको छ।

राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदनमा के छ?

राष्ट्रिय सुरक्षामा संभावित चुनौती तथा खतराको विश्लेषणसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन्।

‘सरकार फेल भयो’

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकार फेल भैसकेको बताएका छन्। हिन्दु राष्ट्र मुद्धालाई बलियो कार्यकर्ता प्रशिक्षणका लागि सुर्खेत पुगेका थापाले यस्तो बताएका हुन्। ‘दुई तिहाइको सरकारले दुई काम पनि गर्न सकेन’, सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले भने, ‘सिन्डिकेट र बलात्कारीलाई पक्राउ गर्न नसक्नुले सरकार फेल भएको प्रमाणित हुन्छ।’

मोटरसाइकलमा दोपट्टा बेरिँदा महिलाको ज्यान गयो 

धनगढीमा मोटरसाईल दुर्घटनामा परि एक महिलाको मुत्यु भएको छ। धनगढीको पुरानो सब्जीमण्डी नजिक मुख्य सडकमा मोटरसाईकल दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका-५ की ४४ बर्षिय रुमला ऐरीको मुत्यु भएको हो। 

जहाँ मान्छे मात्र होइन, गाडि पनि तुइनबाटै तारिन्छ

तुइनमा मानिस मात्र होइन सवारी साधन पनि जोखिम मोलेर नदी वारपार गर्छन् भन्दा अचम्म लाग्ला तर जाजरकोट–डोल्पा सडकखण्डको विभिन्न ठाउँमा अहिले तुइनबाटै यातायातका साधन नदी वारपार गर्छन्। भर्खरै मात्र सडक सञ्जालले जोडिएको डोल्पामा सवारीसाधन तुइनकै भरमा आवत–जावत गर्दै आएका छन्।

भोटका लागि गाँजा खेतीलाई छुट

जनप्रतिनिधिकै संरक्षणमा पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वनसँग सीमा जोडिएको पर्साको उत्तर पश्चिमी क्षेत्रमा फेरि अवैध गाँजा खेती सुरु भएको छ। निर्मलबस्ती, सुवर्णपुर, पटेर्वासुगौली, शंकर सरैया, ओढार क्षेत्रमा व्यापक रूपमा गाँजाखेती सुरु भएको हो।

यसरी हुन्छ सीमामा वारिपारिको मिलोमतोमा अपराध

भारतको विहारसँग जोडिएको झापासहित पूर्वी तराईमा भएका ठूलाठूला अपराधका घटनामा प्राय भारतीय नागरिककै संलग्नता देखिँदै आएको छ। सुनसरीमा करीब एक महीनाको अन्तरालमा भएका दुई हत्याका घटनामा भारतीय नम्बर प्लेटका मोटरसाइकल चढेर आएका व्यक्ति भारतीय नै रहेको सार्वजनिक भइसकेको छ। 

एनआरएनएले सरकारसँग किन माग्यो ५० रोपनी जग्गा ?

गैर आवासीय नेपाली संघ (एनआरएनए)ले नेपालमा आधुनिक कृषि बजार निर्माणका लागि जग्गा उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको छ। एनआरएनका उपाध्यक्ष कुलदीप आचार्यको नेतृत्वमा आएको टोलीले शुक्रबार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाललाई मन्त्रालयमा भेटेर जग्गा उपलब्ध गराइदिन आग्रह गरेका हुन।

इतिहास बोकेको जनजागृति : ‘गुल्मी शिक्षा’ को चम्किलो ज्योति 

२०१३ सालमा नेपालका धेरै जिल्लामा औपचारिक शिक्षाको सुरुवात भएकै थिएन । एक सय चार वर्षीय निरंकुश राणा शासनले थला परेको सामाजिक परिवेशमा शैक्षिक जागरण पनि अवरुद्ध थियो । राणा शासन अन्त्यपछि शैक्षिक जागरण तथा सामाजिक रुपान्तरण अभियान सुरु भयो । त्यो लहरले गुल्मी पनि तरंगित भयो । 

साफ च्याम्पियानसिप : उद्‍घाटन खेलमा आयोजक नेपाल र भुटान भिड्ने

नेपालमा आयोजना हुने पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपका उद्धघाटन खेलमा आयोजक नेपाल र भुटान भिड्ने भएका छन् । साउथ एसियन फुटबल फेडेरेसनले शुक्रबार जारी गरेको खेल तालिका अनुसार नेपालले भुटानसँग खेल्न लागेको हो।  

दीपिकाको ट्याटुको झन् चर्चा

दीपिका पादुकोणले गर्धनमा बनाएको आरके लेखेको ट्याटु लामो समयदेखि चर्चामा छ। एकपटक उनले रणवीर कपुरका नाममा गर्धनमा खोपेको ट्याटु मेटाइएको चर्चा बाहिरिएको थियो। तर यो चर्चा केही दिनमै अफवाह साबित भयो। 

नाच घरमा गुन्जिए पौडेल र गौडेल

मंशिरको महिना। चिसो मौसम। चिसो मौसमलाई तताउने गजल। शुक्रबार यस्तै माहोल सिर्जना भयो राष्ट्रिय नाच घरमा। माथीका दुई सेयर ज्ञानुवाकर पौडेलले बाचन गरेका गजलका हुन्। कविता मेरो साथी त्यही धन्य भइसके छ भन्दै पौडेलले रचना वाचनको प्रारम्भ गरे। उनी संगै यसरी गुन्जिए अर्का गजलकार जय गौडेल:

च्याम्पियन्स लिगको समूह चरणका सर्वाधिक गोलकर्ता को-को ?

च्याम्पियन्स लिग २०१८-१९ चलि रहँदा अहिले समूह चरणका खेलहरु सकिएका छन् । समूह चरणबाट यसपटक धेरै जसो ठुला नाम भएका क्लबहरु दोस्रो चरणमा प्रवेश गरेका छन्। समूह चरणका खेलहरु सकिदा यस सिजन समूह चरणमा सर्वाधिक गोल गर्ने खेलाडी सार्वजनिक भएका छन्।

गुगलमा 'इडियट' खोज्दा किन देखाउँछ डोनाल्ड ट्रम्प?

मंगलबार अमेरिकाको संसदीय समितिमा गुगलका सिइओ सुन्दर पिचाईलाई बयानका लागि बोलाइएको छ। डेमोक्रेटिक पार्टीकी महिला सदस्या जो लाँफ्ग्रेनले पिचाईलाई गुगलमा ‘इडियट’ खोज्‍दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आउनुको कारण सोधिएको थियो।

अमेरिकी थुनामा सात वर्षीया बालिकाको मृत्यु

संयुक्तराज्य अमेरिकाको थुनामा ग्वाटेमालाकी एक सात वर्षीया बालिकाको मृत्यु भएको स्रोतलाई उद्धृत गर्दै अमेरिकी अखबार दी वासिङ्टन पोस्टले जनाएको छ । न्यू मेक्सिको राज्यमा अमेरिकी सीमा प्रहरीले पक्राउ गरेकी ती बालिकाको प्रहरी थुनामै मृत्यु भएको हो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।