धनगढी- धनगढीमा मोटरसाईल दुर्घटनामा परि एक महिलाको मुत्यु भएको छ। धनगढीको पुरानो सब्जीमण्डी नजिक मुख्य सडकमा मोटरसाईकल दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका-५ की ४४ बर्षिय रुमला ऐरीको मुत्यु भएको हो।
छोरा मुकेशले चलाएको मोटरसाईकलमा सवार ऐरीको दोपट्टा मोटरसाईकलमा बेरिएर दुर्घटना हुँदा मृत्यु भएको हो।
दुर्घटनामा घाईते भएकी ऐरीलाई सुरुमा उपचारका लागि नवजिवन अस्पताल लगिएको थियो।
नवजिवन अस्पतालले थप उपचारका लागि अन्यत्र पठाएपछि उपचारका क्रममा सेती अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४