काठमाडौं- कविता मेरो साथी त्यही धन्य भइसके छ
दुर्लभ आज यो सहरमा सौजन्य भइसके छ
मंशिरको महिना। चिसो मौसम। चिसो मौसमलाई तताउने गजल। शुक्रबार यस्तै माहोल सिर्जना भयो राष्ट्रिय नाच घरमा। माथीका दुई सेयर ज्ञानुवाकर पौडेलले बाचन गरेका गजलका हुन्। कविता मेरो साथी त्यही धन्य भइसके छ भन्दै पौडेलले रचना वाचनको प्रारम्भ गरे। उनी संगै यसरी गुन्जिए अर्का गजलकार जय गौडेल:
सबै हात पार्ने चाहना छ उनको
मलाई पछार्ने चाहना छ उनको
जहाँ भेट्छु मेरै गुणगान गाउँछन्
मलाई विगार्ने चाहना छ उनको
सांस्कृतिक संस्थान र अनाममण्डलीले मासिक रुपमा आयोजना गर्ने कार्यक्रममा गजलकार द्वोएसँगै गुन्जिएका हुन्। रचना वाचनको सहकार्यमा आयोजित कार्यक्रममा उनीहरुले आठ-आठ गजल वाचन गरेका थिए।
उनीहरुका गजलले कतिवेला देशको कुरा पीडा बोल्थ्यो त कतिवेला प्रेमका कुरा। पौडेल र गौडेलका गजलले सबैलाई मघ्न बनाएको थियो। सांस्कृतिक संस्थान र अनामण्डलीले प्रत्येक महिनाको अन्तिमदिन गजल बाचन कार्यक्रम आयोजना गर्दै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४