मंगलबार, वैशाख १८, २०८१

काठमाडौंका यी क्षेत्रमा दैनिक ८ घण्टा लोडसेडिङ

 |  बुधबार, वैशाख ५, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ५, २०८१

triton college
corrent noodles
Metro Mart

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली जाने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार आजबाट वैशाख ८ गतेसम्म दैनिक ६ घण्टा बिजुली जानेछ। 

प्रसारण कन्डक्टर (तार) अपग्रेडिङ आयोजनाले स्युचाटारदेखि बालाजु सबस्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनमा मर्मत कार्य गर्न लागिएकाले बिहान ८ देखि दिउँसो २ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणले जनाएको छ।  

सोल्टी दोबाटो, मुसलमान टोल, ज्योति एकेडेमी, कारखाना चोक र सशस्त्र प्रहरी बल प्रधान कार्यालय, हलचोक क्षेत्र, सानो भर्‍याङ, ठूलो भर्‍याङ, कामना स्कुल र अन्नपूर्ण चोक क्षेत्र ढुंगेधारा, क्लब घर र तरकारी बजार (बालाजु सबस्टेसन पछाडि) बिजुली कटौती हुनेछ। 

प्रकाशित: Apr 17, 2024| 07:14 बुधबार, वैशाख ५, २०८१
प्रतिक्रिया दिनुहोस्