शनिबार, पुस १२, २०८२

आईपीएलमा कोलकाताविरुद्ध राजस्थानको जित

 |  बुधबार, वैशाख ५, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ५, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई २ विकेटले पराजित गरेको छ।

National life

सुरुवाति ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२३ रन बनाएको थियो। २२४ रनको विजय लक्ष्य पछ्याएको राजस्थानले ८ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै २ विकेटको जित निकालेको हो।

कोलकाताका सुनिल नारायणले १०९ रनको शतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन। कोलकाताका फिल साल्ट १०, अङ्गकृष रघुवंशी ३०, श्रेयस ऐय्यर ११, आन्द्रे रसेल १३ तथा बैंकटेश ऐय्यर ८ रनमा आउट भए। रिङ्कु सिंहले २० तथा रमनदीप सिंहले १ रनको अविजित पारी खेलेका थिए।

बलिङतर्फ राजस्थानका आवेश खान र कुलदीप सेनले २/२ विकेट लिए। त्यस्तै ट्रेन्ट बोल्ट र युजवेन्द्र चहलले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको राजस्थानका जस बट्लरले १०७ रनको शतकीय पारी खेलेका थिए। त्यस्तै यशस्वी जयसवालले १९, सन्जु सामसनले १२, रियान परागले ३४ रन जोड्दा ध्रुव जुरेल २, रविचन्द्रन अश्विन ६, रोमन पावेल २६ रनमा पेभेलियन फर्किए। सिमरन हिटमायर र ट्रेन्ट बोल्ट शून्य रनमा आउट हुँदा आवेश खान ० रनमा नटआउट रहे।

Laxmi sunrise bank
kumari

जारी सिजनमा ७ खेल खेलेको राजस्थान ६ खेलमा जित निकाल्दै १२ अंकका साथ शीर्ष स्थानमा छ। ६ खेल खेलेको कोलकाताले ४ खेलमा जित निकाल्दै दोस्रो स्थानमा छ।

प्रकाशित: Apr 17, 2024| 06:26 बुधबार, वैशाख ५, २०८१
प्रतिक्रिया दिनुहोस्