काठमाडौं- नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ। सहकारी ठगी प्रकरणमा उनको नाम जोडिएको भन्दै नेविसंघले राजीनामा माग गरेको हो।
राजीनामा माग गर्दै नेविसंघले कीर्तिपुरमा लामिछानेको पुत्ला समेत दहन गरेको छ। गृहमन्त्री राजीनामा दे, सहकारी ठग होसियार, सहकारी ठगलाई कारबाही गर भन्दै नेविसंघका नेता तथा कार्यकर्ताहरूले राके जुलुस निकाल्दै पुत्ला दहन गरेका हुन्।
नेविसंघ त्रिभुवन विश्वविद्यालय सभापति विष्णु बडैलाले गृहमन्त्रीलाई कारबाही नहुँदासम्म नेविसंघ चुप लागेर नबस्ने बताए। उनीमाथि लागेका आरोपहरू संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने अडान नेपाली कांग्रेसको रहेको उनले सुनाए।
सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको नाम मुछिएपछि नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ ।