बुधबार, असोज २३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

विद्यार्थी कम भएका सानीभेरीका सामुदायिक विद्यालय समायोजन

 |  बुधबार, वैशाख ५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ५, २०८१

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले १६ वटा सामुदायिक विद्यालयलाई समायोजन गरेको छ। गाउँ कार्यपालिकाको बैठकले विद्यार्थी संख्या न्यून भएका १६ वटा विद्यालय समायोजन, कक्षा घटुवा, तह घटुवा तथा शाखा विस्तार निर्णय गरेको हो।

triton college

सोही निर्णयअनुसार विद्यालय समायोजन यसै शैक्षिक सत्रदेखि लागू भएको सानीभेरी गाउँ कार्यपालिकाका प्रवक्ता पहलसिंह घर्तीले जानकारी दिए।

उनका अनुसार कार्यपालिकाको बैठकले १५ वटा विद्यालयको तह घटुवा तथा कक्षा घटुवा गर्ने निर्णय गर्दा दुई विद्यालयको शाखा विस्तार गर्ने निर्णय गरेको थियो। सोहीअनुसार बालकल्याण आधारभूत विद्यालय पोखेरोल र कालिका आधारभूत विद्यालयमा शाखा विस्तार भएको छ।

त्यस्तै, शीतल माध्यमिक विद्यालय फक्रैया, बालज्योति माध्यमिक विद्यालय गिठाकोट, सूर्योदय माध्यमिक विद्यालय बेल्टापु र जनज्योति माध्यमिक विद्यालय मेलचौरमा कक्षा ११ र १२ बाट कक्षा १० मा झारिएको छ।

अन्य चारवटा माध्यमिक विद्यालयलाई तह घटुवा गर्दै आधारभूत तहमा झारिएको छ। ती विद्यालयमा भेरी दोभान माध्यमिक विद्यालय चाइनाबगर, जनप्रिय मावि हासिवाङ, सरस्वती मावि चिन्तु र शिव मावि काफलबोट छन्।

Metro Mart
vianet

भेरीदोभान माविमा कक्षा १२ सम्म र अन्य तीनवटा विद्यालयमा १० कक्षासम्म पढाइ सञ्चालन हुने गरेको थियो। अब भने कक्षा आठसम्म मात्र पढाइ सञ्चालन हुने गाउँपालिका प्रवक्ता घर्तीले जानकारी दिए। त्यस्तै, तीनवटा आधारभूत विद्यालयलाई प्रारम्भिक बाल विकास केन्द्रमा र कक्षा एकदेखि पाँचसम्म पढाइ सञ्चालन भएका चारवटा आधारभूत विद्यालयलाई कक्षा तीनसम्म सञ्चालन गर्ने गरी कक्षा घटाएको छ।

पालिकाभर ४५ वटा सामुदायिक विद्यालय छन् । त्यसमा १६ वटा विद्यालयलाई समायोजन, कक्षा घटुवा, तह घटुवा तथा शाखा विस्तार गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा भूपालसिंह विष्टले जानकारी दिए। उनका अनुसार विद्यार्थी संख्या, भौतिक पूर्वाधार, शिक्षकको दरबन्दी, विद्यालय–विद्यालयबीचको दूरीलगायतका आधारमा विद्यालय समायोजन तथा तह मिलान गरिएको जनाइएको छ।

प्रकाशित: Apr 17, 2024| 08:01 बुधबार, वैशाख ५, २०८१
प्रतिक्रिया दिनुहोस्