बुधबार, भदौ १०, २०८३

सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादीको मृत्यु

 |  मंगलबार, वैशाख ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ४, २०८१

भारतमा सुरक्षा फौजसँगको झडपमा परी कम्तीमा १८ जना माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीले जनाएको छ। सुदूरपूर्वी राज्य छत्तीसगढमा छापामारहरूको मृत्यु भएको हो। 

यो वर्ष भारतीय माओवादी समूहले प्रशासनसँगको झडपमा आफ्ना ७० भन्दा बढी लडाकुलाई गुमाउनुपरेको छ। 

बस्तर जिल्लाका प्रहरी महानिरीक्षक सुन्दरराज पट्टीलिङमले एएफपीलाई बताएअनुसार राज्यको छत्तिसगढको राजधानी रायपुरको दक्षिणमा पर्ने काँकर जिल्लामा १८ जनाको मृत्यु भएको हो। उक्त झडपमा तीन जना सुरक्षाकर्मी पनि घाइते भएका छन्।

छत्तीसगढमा सबैभन्दा बढी माओवादी मारिएको प्रहरीको तथ्याङ्कले देखाएको छ। मध्य, दक्षिणी र पूर्वी राज्यहरूमा फैलिएको तर आकारमा खुम्चिएको विद्रोही बहुल ’रेड करिडोर’ मा भारतले माओवादी विद्रोहीहरूसँग लड्न दशौं हजार सुरक्षाकर्मी तैनाथ गरेको छ।

भारतमा नक्सलवादी भनेर चिनिने र ग्रामीण गरिबका लागि लडिरहेको बताउने विद्रोही समूहले सन् १९६७ देखि भूमिगत रूपमा सङ्गठन गर्दै छापामार युद्ध गर्दै आएका छन्। नयाँ दिल्लीले दुर्गम क्षेत्रमा पूर्वाधार विकासमा करोडौं डलर लगानी गरेको छ र सन् २०२३ मा विद्रोहलाई ४५ जिल्लामा सीमित गरेको दाबी गरेको छ।

प्रकाशित: Apr 16, 2024| 20:38 मंगलबार, वैशाख ४, २०८१
प्रतिक्रिया दिनुहोस्