सोमबार, चैत ३०, २०८२

खुला ठाउँमा दिसापिसाब गर्दा प्रहरी पुगेपछि...

 |  मंगलबार, वैशाख ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ४, २०८१

कपिलवस्तुको विजयनगर गाउँपालिकामा खुला ठाउँमा दिसापिसाब गर्ने १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

National life

पटक-पटक सूचना जारी गरे पनि अटेर गरेपछि गाउँपालिका र प्रहरीसहितको टोलीले मंगलबार बिहान छड्के अनुगमन गरेको थियो। सोही अनुगमनका क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

प्रहरीसहितको अनुगमन टोली देखेपछि खुला शौच गर्ने समूहको भागाभाग भएको थियो। प्रहरी नियन्त्रणमा पर्नेमा वडा नम्बर १, २, ५, ६ र ७ का स्थानीय छन्। नियन्त्रणमा पर्नेमा ३ जना भारतीय नागरिक पनि छन्। उनीहरू आफन्तकोमा आएका थिए। नियन्त्रणमा लिएकाहरुलाई शौचालय निर्माण र प्रयोग गर्ने कागज गराई वडाध्यक्षको जिम्मा लगाइएको छ।

पालिकाले वैशाखदेखि पूर्ण सरसफाइ कार्यान्वयन गरी खुला दिसामुक्त बनाउन अभियान चलाएको छ। तीन महिनासम्म समुदायमा सचेतना अभियान, शौचालय निर्माणको अभियान सञ्चालन गर्दै वैशाखदेखि अटेरी गर्नेलाई कारबाही गर्ने भनिएको थियो। हप्तामा एक दिन छड्के अनुगमन गरी शौचालय प्रयोग नगर्नेलाई कारबाहीको दायरामा ल्याउने पालिकाले जनाएको छ।

पालिकाले सरसफाइ कार्यविधि निर्माण गरी खुला दिसापिसाब गर्नेलाई १ हजारदेखि ५ हजार रकम जरिवाना तोकेको छ। २०७८ सालमै जिल्ला खुला दिसामुक्त घोषणा भएको थियो।

kumari

प्रकाशित: Apr 16, 2024| 20:30 मंगलबार, वैशाख ४, २०८१
प्रतिक्रिया दिनुहोस्