बुधबार, भदौ १०, २०८३

प्रख्यात गजलकार प्रकट पंगेनी रहेनन्

 |  मंगलबार, वैशाख ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ४, २०८१

काठमाडौं- साहित्यकार प्रकट पंगेनी ‘शिव’ को निधन भएको छ। मणिपाल शिक्षण अस्पताल पोखरामा आज उनको निधन भएको हो।

निमोनियाका कारण स्वास्थ्यमा समस्या देखिएपछि उनी हिजो सोमबार अस्पताल भर्ना भएका थिए। भेन्टिलेटरमा उपचार गराइराखेका ७० वर्षीय पंगेनीको आज दिउँसो निधन भएको हो।

पोखरामा रहेर गीत र गजललाई प्रमुख विधा बनाएका पंगेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुनालाई' गरी दुई गीत संग्रह प्रकाशित छन्। यसबाहेक प्रणयवेदका ऋचाहरू (गजल संग्रह) र अक्षरभरि अक्षता (कविता संग्रह) उनका प्रकाशित कृतिहरू हुन्।

प्रकाशित: Apr 16, 2024| 16:59 मंगलबार, वैशाख ४, २०८१
प्रतिक्रिया दिनुहोस्