सोमबार, चैत ३०, २०८२

भ्रष्टाचार अभियोगमा मुद्दा दायर

 |  मंगलबार, वैशाख ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ४, २०८१

National life
kumari

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

ठूलीभेरी नगरपालिका-३ दुनै डोल्पामा खेलकुद मैदान निर्माणका लागि कर्णाली प्रदेश सरकारबाट प्राप्त भएको रकम अनियमितता गरेको पाइएको भन्दै अख्तियारले उनीहरुमाथि मुद्दा दायर गरेको हो।

आयोगले सामाजिक विकास कार्यालय डोल्पाका प्रमुख आचार्य, सब-इञ्जिनियर मोतीप्रसाद बुढा, उपभोक्ता समितिका अध्यक्ष अभिषेक शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरुद्ध नौ लाख ९३ हजार नौ सय ४० रूपैयाँ बराबरको बिगो दाबी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

प्रकाशित: Apr 16, 2024| 18:31 मंगलबार, वैशाख ४, २०८१
प्रतिक्रिया दिनुहोस्