बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै झुलाघाट नाका बन्द

भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै झुलाघाट नाका बन्द

 |  मंगलबार, वैशाख ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ४, २०८१

बैतडी- भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि बन्द हुने भएको छ। भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए। 

अप्रिल १९ तारिख (वैशाख ७ गते) उत्तराखण्ड राज्यमा  लोकसभाका लागि निर्वाचन हुँदैछ। उक्त निर्वाचनलाई मध्यनजर गर्दै आज साँझ ६ बजेदेखि वैशाख ७ गते साँझ ७ बजेसम्म झुलाघाट नाका बन्द रहने प्रजिअ शर्माले बताए। सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ।

नाका बन्द गर्नका लागि भारतीय अधिकारीसँग यसअघि नै समन्वय भइसकेको छ। कुनै देशमा चुनाव हुँदा  सीमा बन्द गर्ने चलन छ।

प्रकाशित: Apr 16, 2024| 18:01 मंगलबार, वैशाख ४, २०८१
प्रतिक्रिया दिनुहोस्