बुधबार, भदौ १०, २०८३

महालेखापरीक्षकमा तोयम राय सर्वसम्मत

 |  मंगलबार, वैशाख ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ४, २०८१

काठमाडौं- संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायलाई सर्वसम्मतिले अनुमोदन गरेको छ। समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताए।

प्रस्तावित रायले १५ पेजको कार्ययोजना प्रस्तुत गर्दै बेरूजु कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायलाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

प्रकाशित: Apr 16, 2024| 14:22 मंगलबार, वैशाख ४, २०८१
प्रतिक्रिया दिनुहोस्