बुधबार, वैशाख १९, २०८१

फरक-फरक घटनामा आठ जनाको मृत्यु

 |  मंगलबार, वैशाख ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ४, २०८१

काठमाडौं- देशका विभिन्न भागमा पछिल्लो २४ घण्टामा आठ जनाको मृत्यु भएको छ। सवारी दुर्घटनामा चार जनाको ज्यान गएको छ भने तीन जना मृत फेला परेका छन्। यसैगरी एक जनाको डुबेर मृत्यु भएको छ।

triton college

प्रहरीका अनुसार मोरङ, उर्लावारी नगरपालिका-३ मंगलबारेस्थित सडकमा मे.७ प ८४८० नम्बरको मोटरसाइकल डब्लुबी ७६ बी ०१११ नम्बरको ट्याङ्करसँग ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार उर्लावारी नगरपालिका-३ बस्ने ३३ वर्षीय धन बहादुर जोगीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो। उक्त मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई अनियन्त्रित भई ट्याङ्करसँग ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जना र पैदलयात्रीलाई मदन भण्डारी ट्रमा सेन्टर मंगलबारे लगिएकोमा पैदलयात्रीलाई थप उपचारको लागि न्युरो अस्पताल विराटनगर रिफर गरिएको छ। ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सुनसरी, बराहक्षेत्र नगरपालिका-५ जमटोकीस्थित सडकमा चतराबाट पकलीतर्फ जाँदै गरेको प्रदेश १-०२-०४२ प ५०४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक भोजपुर षडानन्द नगरपालिका-१ नेपालेडाँडा बस्ने २२ वर्षीय सुजन गौतमको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि न्यूरो अस्पताल विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

रामेछाप, खाँडादेवी गाउँपालिका-३ भिरपानीमा तिल्पुङबाट काठमाडौंतर्फ जाँदै गरेको बा.८९ प ४३८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक मन्थली नगरपालिका-२ कठजोर बस्ने २६ वर्षीय अशोक नेपालीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको खाल्टे अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको मन्थली अस्पतालमा उपचार भइरहेको छ।

corrent noodles
Metro Mart

रुपन्देही, देवदह नगरपालिका-१० चरङ्गेमा लु.३ प ९२८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ९ फिट तल खसेर मंगलबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका-१० बस्ने २९ वर्षीय रमेश रानाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

मृत फेला
बझाङ, खप्तडछान्ना गाउँपालिका-६ पुजारीगाउँ बस्ने ५५ वर्षीय जगत बहादुर खड्का सोही ठाउँ बस्ने आफ्नै भतिज नाता पर्ने ६९ वर्षीय गोरख बहादुर खड्काको घरको ग्यालरीमा सोमबार मृत अवस्थामा फेला परेका छन्।

रौतहट, गरूडा नगरपालिका-९ गमहरिया बिर्ता बस्ने राजश सहनीकी छोरी ६ वर्षीया करिमा कुमारी सहनी सोही ठाउँस्थित पोखरीमा सोमबार मृत अवस्थामा फेला परेकी छिन्।

रूपन्देही, बुटवल उपमहानगरपालिका-२ स्थित खोल्सामा हाल नाम, थर, वतन, नखुलेकी अन्दाजी ३० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

पौडी खेल्ने क्रममा डुबेर मृत्यु
मुगु, खत्याड गाउँपालिका-२ बस्ने २७ वर्षीय धनसिंह टमटाको सोही गाउँपालिका-२ स्थित खत्याड खोलामा पौडी खेल्ने क्रममा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Apr 16, 2024| 13:23 मंगलबार, वैशाख ४, २०८१
प्रतिक्रिया दिनुहोस्