एजेन्सी- च्याम्पियन्स लिग २०१८-१९ चलि रहँदा अहिले समूह चरणका खेलहरु सकिएका छन् । समूह चरणबाट यसपटक धेरै जसो ठुला नाम भएका क्लबहरु दोस्रो चरणमा प्रवेश गरेका छन् ।
समूह चरणका खेलहरु सकिदा यस सिजन समूह चरणमा सर्वाधिक गोल गर्ने खेलाडी सार्वजनिक भएका छन् । यस सिजन च्याम्पियन्स लिगको समूह चरणमा सर्वाधिक गोल गर्ने शीर्ष ५ भित्र बार्सिलोनाका लियोनल मेस्सी र पेरिस सेन्ट जर्मन (पिएसजी)का नेयमार अटाएका छन् ।
तर, लगातार ६ सिजनका सर्वाधिक गोलकर्ता युभेन्टसका क्रिस्टियानो रोनाल्डो भने शीर्ष १२ भित्र समेत पर्न सकेका छैनन् । उनले यस सिजन १ मात्र गोल गरेका छन् ।
यस सिजन पहिलो खेलमा २९ मिनेट मैदानमा बिताएर रातो कार्ड पाएपछि उनले अर्को खेल गुमाएका थिए । त्यसपछि मैदान फर्किएका उनले ४ खेलमा १ गोल मात्रै गरेका छन् भने २ गोलका लागि असिस्ट गरेका छन् ।
तर, जारी सिजनको समूह चराणका खेल सकिँदा जर्मन क्लब बार्यन म्युनिखका स्टार रोवर्ट लेवान्डोस्की सर्वाधिक गोलकर्ता बनेका छन् । लेवान्डोस्कीले समूह चरणम कूल ८ गोल गरेका छन् ।
उनले स्पेनिस बार्सिलोनाका लिओनल मेस्सीलाई पछि पार्दै शीर्ष स्थान लिएका हुन् । लेवान्डोस्कीले मेस्सीलाई २ गोलले पछि पारेका हुन् । मेस्सीले हालसम्म ६ गोल गरेका छन् ।
तर, लेवान्डोस्कीले मेस्सीको भन्दा बढी समय मैदानमा बिताएका छन् । समूह चरणमा लेवान्डोस्कीले कूल ५ सय ३३ मिनेट मैदानमा बिताएका छन् । मेस्सीले हालसम्म २ सय ९७ मिनेट मात्रै मैदानमा बिताएका छन् । अर्थात् मेस्सीले लेवान्डोस्कीले भन्दा २ सय ३६ मिनेट कम खेलेका छन् ।
त्यस्तै पिएसजीका नेयमार, होफेनहेइमका आन्द्रेस क्रमारिक, पोर्टोका मोउसा मरेगा, अजाक्सका दुसान ट्याडिक र युभेन्ट्सका पाउलो डिबालाले समान ५-५ गोल गरेका छन् ।
एथ्लेटिको मड्रिडका एन्टोनी ग्रीजम्यान, टोटनह्यामका ह्यारी केन र डर्टमुन्डका राफेल गुरेरियोले समान ४-४ गोल गरेका छन् । अन्य १३ खेलाडीले समान ३-३ गोल गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४