शनिबार, पुस १२, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • हिँडेरै अस्पताल पुगेकी युवतीको मृत्यु, शव ६ दिनदेखि अस्पतालमै

हिँडेरै अस्पताल पुगेकी युवतीको मृत्यु, शव ६ दिनदेखि अस्पतालमै

 |  मंगलबार, वैशाख ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ४, २०८१

काठमाडौं- चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै परिवारले शव बुझ्न नमानेपछि भीमा गुरुङ बलामीको शव ६ दिनदेखि अस्पतालमै थन्किएको छ।

National life

दैलेखको आठबीसकोट नगरपालिका-५ पिपलकोटकी २२ वर्षीया भीमा पाठेघर सफा गर्न कर्णाली प्रदेश अस्पताल पुगेकी थिइन्। उपचारको क्रममा उनको चैत २९ गते ज्यान गएको थियो।

भीमाका श्रीमान् नमराज बलामीले चिकित्सकको टोलीले अप्रेसनमा लापरबाही गर्दा श्रीमतीको ज्यान गएको बताएका छन्। छोरीको पालनपोषण र शिक्षाको व्यवस्था, परिवारका एक जनालाई रोजगारी तथा उपचारमा लापरबाहही गर्नेलाई कारबाही नगरेसम्म पोस्टमार्टम गर्न नदिने उनको अडान छ। पीडित पक्षसँग छलफल भए पनि अहिलेसम्म सहमति हुन नसकेको अस्पतालले बताएको छ।

भीमा सामान्य चेकजाँचका लागिमात्रै अस्पताल सुर्खेत गएकी थिइन्। वीरेन्द्रनगरको एक निजी अस्पतालमा सामान्य चेकजाँच गराउँदा पाठेघरमा केही समस्या देखियो। त्यसपछि उनी देशकै उत्कृष्ट मानिएको प्रदेश अस्पताल जाने विचार गरिन्।

बिहीबार बिहानै उनी अस्पताल भर्ना भएकी थिइन्। हिँडेर आफैं अस्पताल पुगेकी थिइन् उनी। अस्पतालमा चेकजाँच गराउँदा ४ महिनाअघि प्रसूति गराउँदा पाठेघरमा केही सालनाल रहेको कुरा चिकित्सकले जानकारी दिए।

Laxmi sunrise bank
kumari

अप्रेसन गरेर पाठेघर सफा गर्दैगर्दा केही समयपछि नै अस्पतालले उनलाई मृत घोषणा गरिदिएको परिवारका सदस्यले बताएका छन्। अस्पतालले दिउँसो तीन बजेतिर मृत घोषणा गरेको थियो। परिवारलाई भेट्नै नदिई एक्कासि रगत अभाव भयो भन्दै रगत मगाएको र केही समयमै मृत घोषणा गरिए आफन्तको भनाइ छ। डाक्टरहरूको लापरबाहीका कारण उनको मृत्यु भएको भन्दै आफन्तहरूले आन्दोलन गरिरहेका छन्।

प्रकाशित: Apr 16, 2024| 13:07 मंगलबार, वैशाख ४, २०८१
प्रतिक्रिया दिनुहोस्