मंगलबार, वैशाख १८, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • सुप्रिम सहकारीका पीडित सडकमा, गृहमन्त्री लामिछानेलाई प्रश्न- जीबी राई खै ?

सुप्रिम सहकारीका पीडित सडकमा, गृहमन्त्री लामिछानेलाई प्रश्न- जीबी राई खै ?

 |  मंगलबार, वैशाख ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ४, २०८१

काठमाडौं- बुटवलको सुप्रिम सहकारीका बचतकर्ता सडकमा उत्रिएका छन्। सहकारी ठगीमा संलग्न गितेन्द्रबाबु (जीबी) राईसहितका व्यक्तिहरुलाई पक्राउ गर्न माग गर्दै उनीहरुले प्रदर्शन गरेका हु्न्।

triton college

बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन ट्राफिक चोकसम्म पुगेको थियो। प्रदर्शनमा सहभागीहरुले ‘सहकारी ठगलाई राजनीतिक संरक्षण बन्द गर’, ‘जीबी राई खोई ? भन्देऊ रवि दाइ’, ‘गृहमन्त्री आफ्नो वचन पूरा गर, जीबी राई पक्राउ गर’, ‘बचत रकम फिर्ता देऊ’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रदर्शनमा सहभागी सहकारी पीडितले सुप्रिमका बचतकर्ताको रकम गैरकानुनी हिसाबले गृहमन्त्री लामिछानेको खातामा दुई करोड रकम गएको प्रहरी अनुसन्धानबाट पुष्टि भए पनि अनुसन्धान प्रभावित हुने आशंका व्यक्त गरेका थिए ।

सुप्रिमका अध्यक्ष जीबी राईसहित एमालेका नेता केबी उप्रेती पनि सहकारी ठगीमा संलग्न रहेको सार्वजनिक भएकाले लहरो तान्दा पहरो गर्जिन्छ भनेर सत्ताको आडमा सबैलाई बचाउने खेल भएको हुन सक्ने पीडितको आशंका छ।
जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीले सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर गरिसकेको छ।

सहकारीका संरक्षक जिबी राई र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहित २८ जनाविरूद्ध कार्यालयले अभियोगपत्र दायर (मुद्दा दर्ता) गरेको हो।

corrent noodles
Metro Mart

सहकारीका ८ हजारभन्दा बढी बचतकर्ताको ९६ करोड रूपैयाँ हिनामिना गरेको आरोप उनीहरुमाथि छ। अभियोगपत्रमा सहकारीले देखाएका ऋणीहरूको सूची छ, जसमा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम पनि समावेश छ।

गृहमन्त्री लामिछाने गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहेका बेला उनको नाममा ऋण खडा गरेर गोरखा मिडिया नेटवर्कको आइएमई खातामा एक करोड ९६ लाख रूपैयाँ पठाइएको अभियोगपत्रमा उल्लेख छ।

'उक्त रकम श्री रवि लामिछानेको नाममा ऋण खडा गरी २०७७ चैत १८ गते श्री गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आइएमई बैंकको खातामा सेवा शुल्क बापत चार लाख कट्टी गरी संस्थाले एक करोड ९६ लाख जम्मा गरेको देखिन्छ,' अभियोगपत्रमा भनिएको छ। सूचीमा नाम भए पनि गृहमन्त्री लामिछानेलाई प्रतिवादी भने बनाइएको छैन।

सुप्रिम सहकारीमा भएको ठगीमा अनुसन्धान गरी प्रतिवेदन बुझाएको इलाका प्रहरी कार्यालय बुटवलले लामिछानेलाई प्रतिवादी कायम गरेको थिएन। यसअघि सहकारी दर्ता रजिस्ट्रारको कार्यालय लुम्बिनीको प्रतिवेदनमा पनि रवि लामिछानेका नाममा एक करोड रूपैयाँ गोर्खा मिडियामा गएको उल्लेख छ।

सहकारीसम्बन्धी कानुनअनुसार सहकारी सदस्य नभएकालाई ऋण दिन पाइँदैन। कम्पनीले पनि सहकारीको सदस्य बन्न र ऋण लिन नपाउने कानुनी व्यवस्था छ। तर सुप्रिमले गोर्खा मिडियालाई ऋण दिएको छ। गोर्खा मिडिया ग्यालेक्सी टिभी सञ्चालक कम्पनी हो।

मुद्दा दायर गरिएकामा जिबी राई, ओमप्रकाश गुरूङ, कुमार रम्तेल, दुर्गा चापागाईं पाण्डे, दीपेश पुन, भविश्वर अर्याल, निता थापा, दीपक न्यौपाने, रोशनी गुरूङ, सागर केसी, सुरज श्रेष्ठ, राजु बराल, भूपेन्द्र राई, देवेन्द्रबाबु राई, धिरजकुमार दास, असरफ अलि सिद्धिकी, बुद्धि गुरूङ, दिनेश रोका, आशिष आनन्द, मजहर मोहम्मद, लिगल ढुंगाना, मनप्रसाद गुरूङ, पौबहादुर गुरूङ, स्यान्ड्रिक राजभण्डारी, आशिष रानाभाट, हेमन्त अधिकारी, कविता तामाङ र नवीन अछामी छन्।

उक्त मुद्दामा मंगलबारदेखि बहस अगाडि बढ्नेछ। प्रहरीले सहकारीको रकम हिनामिना प्रकरणमा संस्थाका अध्यक्ष ओमप्रसाद गुरूङ, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा एवं सहकारीका पूर्वकोषाध्यक्ष दीपेश पुन, भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईं, दीपक न्यौपाने र नीता थापा मगरलाई पक्राउ गरेको छ।

पक्राउ परेका बाहेक अन्यलाई फरार प्रतिवादी कायम गरिएको छ। अहिलेसम्म बचत हिनामिना भएको उल्लेख गरेर एक हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएका छन्।

 

प्रकाशित: Apr 16, 2024| 12:57 मंगलबार, वैशाख ४, २०८१
प्रतिक्रिया दिनुहोस्