शनिबार, पुस १२, २०८२

सुप्रिम सहकारीको मुद्दा दर्ता, रवि लामिछाने पनि ऋणीको सूचीमा

 |  मंगलबार, वैशाख ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ४, २०८१

काठमाडौं- जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीले सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको छ।

National life

सहकारीका संरक्षक जिबी राई र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहित २८ जनाविरूद्ध कार्यालयले अभियोगपत्र दायर (मुद्दा दर्ता) गरेको हो।

सहकारीका ८ हजारभन्दा बढी बचतकर्ताको ९६ करोड रूपैयाँ हिनामिना गरेको आरोप उनीहरुमाथि छ। अभियोगपत्रमा सहकारीले देखाएका ऋणीहरूको सूची छ, जसमा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम पनि समावेश छ। 

गृहमन्त्री लामिछाने गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहेका बेला उनको नाममा ऋण खडा गरेर गोरखा मिडिया नेटवर्कको आइएमई खातामा एक करोड ९६ लाख रूपैयाँ पठाइएको अभियोगपत्रमा उल्लेख छ।

'उक्त रकम श्री रवि लामिछानेको नाममा ऋण खडा गरी २०७७ चैत १८ गते श्री गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आइएमई बैंकको खातामा सेवा शुल्क बापत चार लाख कट्टी गरी संस्थाले एक करोड ९६ लाख जम्मा गरेको देखिन्छ,' अभियोगपत्रमा भनिएको छ। सूचीमा नाम भए पनि गृहमन्त्री लामिछानेलाई प्रतिवादी भने बनाइएको छैन।

Laxmi sunrise bank
kumari

सुप्रिम सहकारीमा भएको ठगीमा अनुसन्धान गरी प्रतिवेदन बुझाएको इलाका प्रहरी कार्यालय बुटवलले लामिछानेलाई प्रतिवादी कायम गरेको थिएन। यसअघि सहकारी दर्ता रजिस्ट्रारको कार्यालय लुम्बिनीको प्रतिवेदनमा पनि रवि लामिछानेका नाममा एक करोड रूपैयाँ गोर्खा मिडियामा गएको उल्लेख छ।

सहकारीसम्बन्धी कानुनअनुसार सहकारी सदस्य नभएकालाई ऋण दिन पाइँदैन। कम्पनीले पनि सहकारीको सदस्य बन्न र ऋण लिन नपाउने कानुनी व्यवस्था छ। तर सुप्रिमले गोर्खा मिडियालाई ऋण दिएको छ। गोर्खा मिडिया ग्यालेक्सी टिभी सञ्चालक कम्पनी हो।

मुद्दा दायर गरिएकामा जिबी राई, ओमप्रकाश गुरूङ, कुमार रम्तेल, दुर्गा चापागाईं पाण्डे, दीपेश पुन, भविश्वर अर्याल, निता थापा, दीपक न्यौपाने, रोशनी गुरूङ, सागर केसी, सुरज श्रेष्ठ, राजु बराल, भूपेन्द्र राई, देवेन्द्रबाबु राई, धिरजकुमार दास, असरफ अलि सिद्धिकी, बुद्धि गुरूङ, दिनेश रोका, आशिष आनन्द, मजहर मोहम्मद, लिगल ढुंगाना, मनप्रसाद गुरूङ, पौबहादुर गुरूङ, स्यान्ड्रिक राजभण्डारी, आशिष रानाभाट, हेमन्त अधिकारी, कविता तामाङ र नवीन अछामी छन्।

उक्त मुद्दामा मंगलबारदेखि बहस अगाडि बढ्नेछ। प्रहरीले सहकारीको रकम हिनामिना प्रकरणमा संस्थाका अध्यक्ष ओमप्रसाद गुरूङ, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा एवं सहकारीका पूर्वकोषाध्यक्ष दीपेश पुन, भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईं, दीपक न्यौपाने र नीता थापा मगरलाई पक्राउ गरेको छ।

पक्राउ परेका बाहेक अन्यलाई फरार प्रतिवादी कायम गरिएको छ। अहिलेसम्म बचत हिनामिना भएको उल्लेख गरेर एक हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएका छन्।

प्रकाशित: Apr 16, 2024| 07:38 मंगलबार, वैशाख ४, २०८१
प्रतिक्रिया दिनुहोस्