शनिबार, पुस १२, २०८२

स्पाको नाममा यौन धन्दा चलाउने समातिए

 |  मंगलबार, वैशाख ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ४, २०८१

काठमाडौं- किशोरीलाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोले दुई जना महिलालाई पक्राउ गरेको हो।

National life

पक्राउ पर्नेमा झापा घर भई काठमाडौंको चाबहिल बस्ने ३४ वर्षीया पूजा लोवा र चितवन घर भई काठमाडौं गंगाहिटी बस्ने ४३ वर्षीया पूजा मगर भनिने ओमकुमारी पुन छन्।

पूजा लोवा चाबहिलमा फ्रेन्डसिप ब्युटी एन्ड स्पाकी सञ्चालक हुन्। उनीहरू दुई जनाले एक किशोरीलाई पूर्वी नवलपरासीको एक रेस्टुरेन्ट र काठमाडौंको स्पामा यौन गतिविधि गर्न बाध्य पारेको पाइएको छ।

पूजा लोवा र पूजा मगरले आर्थिक अवस्था कमजोर भएकी किशोरीलाई आकर्षक तलब-सुविधा हुने प्रलोभन दिएका थिए। सुरूमा किशोरीलाई वेटरको काम दिने भन्दै पूर्वी नवलपरासीको रेस्टुरेन्टमा पठाए। त्यहाँ सञ्चालकले धम्की दिएर यौन व्यवसायमा लाग्न बाध्य पारेका थिए।

त्यसपछि उनलाई काठमाडौंको स्पामा ल्याइएको थियो। त्यहाँ विभिन्न प्रलोभनमा पारी बालिकालाई ग्राहकसँग शारीरिक सम्बन्ध राख्न लगाइएको थियो।

Laxmi sunrise bank
kumari

पूजा मगरले ग्राहकले बोलाएको ठाउँमा किशोरीलाई पठाउने गरेकी थिइन्। यसरी यौन व्यवसायमा लगाएवापत प्राप्त भएको रकम थोरै किशोरीलाई दिने र बाँकी मगर आफैंले लिने गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुबै जनामाथि प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएर अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: Apr 16, 2024| 06:46 मंगलबार, वैशाख ४, २०८१
प्रतिक्रिया दिनुहोस्