सुर्खेत- राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकार फेल भैसकेको बताएका छन्। हिन्दु राष्ट्र मुद्धालाई बलियो कार्यकर्ता प्रशिक्षणका लागि सुर्खेत पुगेका थापाले यस्तो बताएका हुन्। ‘दुई तिहाइको सरकारले दुई काम पनि गर्न सकेन’, सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले भने, ‘सिन्डिकेट र बलात्कारीलाई पक्राउ गर्न नसक्नुले सरकार फेल भएको प्रमाणित हुन्छ।’
‘सरकार असफल हुनु भनेको सम्पूर्ण व्यवस्था र सरकारको नीति असफल हुनु हो।’ थापाले भने ‘सरकारको गलत नीति, गैरजिम्मेवारपन, व्यवस्था र नीतिको कमजोरीका कारण जनताले अपेक्षा गरेका सामान्य परिवर्तन पनि हुन नसकेको छैन।’
‘जुन आशा र अपेरक्षा गरेर जनताले कम्युनिष्ट पार्टीलाई मत दिएका थिए ति कुनै पनि अपेक्षा पुरा गर्न सकेको छैन।’ उनले बेरोजगारी, भ्रष्ट्रचार जस्ता कुरालाई प्रशय दिएको धारणा राखेका छन्।
हिन्दु राष्ट्रका लागि जनसंघर्ष
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र पुनःस्थापनाको लागि देशभर जनसंघर्ष गर्ने भएको छ। जनसंघर्षका लागि देभरकै कार्यकर्तालाई प्रशिक्षण दिन सुरु गरेको छ। आउँदो फागुन ७ गतेबाट शान्तिपूर्ण जनसंघर्ष कर्णालीमा नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिएको छ।
जनसंघर्षमा कुनै धर्म, पार्टीको बिरोध नभई हिन्दु राष्ट्र पुनःस्थापना गर्नु मात्रै रहेको बताएको छ। राप्रपाका अनुसार पुष र माघमा देशका सबै स्थानीय तहमा पार्टीको संगठन निर्माण गर्ने जनाएको छ।
‘सरकारले धार्मिक हिंसा फैलाउन खोज्यो’
यस्तै सरकारले नै धार्मिक हिंसा फैलाउन खोजेको राप्रपाको टिप्पनी छ। केही दिन अघि काठमाडौंमा भएको विवादास्पत ‘एसिया प्यासिफिक सम्मेलन’मा सरकार आफै सहआयोजक बन्दा धार्मिक हिंसा फैलाउन खोजेको राप्रपाको धारणा छ।
‘संविधानको मर्मविपरित कुनै धर्मको प्रचारमा सरकारी शक्ति र सम्पतिकौ दुरुपयोग गर्न गर्नु सरकारको ठूलो कमजोरी मात्रै हाइन, यो नेपाल र नेपालीको अपमान पनि हो।’
राप्रपा अध्यक्ष थापा भन्छन् सरकारले ८० प्रतिशत नागरिकको अपमान गर्यो।’ ‘धर्ममा प्रचारको नाममा विदेशी हस्क्षेप बढ्दै, यो कुरा सरकारले बुझेन।’ उनी भन्छन् ‘यसलाई सही तरिकाले नियन्त्रण गर्न नसके छिट्टै नेपालको पहिचान मेटिनेन्छ।’ सरकारकै संरक्षणमा धर्म परिवर्त गर्ने परिपार्टी डढेलोकै रुपमा फैलिएको थापाको भनाई छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४