शनिबार, पुस १२, २०८२

बन्दीपुरमा बन्यो अन्तर्राष्ट्रियस्तरको पार्क

 |  सोमबार, वैशाख ३, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ३, २०८१

तनहुँ- पर्यटन पूर्वाधारयुक्त केबलकार परियोजना (बन्दीपुरहिल) अन्तर्गत बन्दीपुरमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक रेष्टुरेन्ट ‘ड्राइभ इन’ सञ्चालनमा आएको छ।

National life

बन्दीपुर-४ स्थित केबलकारको बटम स्टेसनमा निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरको रेष्टुरेन्ट र टुरिस्ट पार्क एकैसाथ सञ्चालनमा आएको हो। यही बैशाख १ गते बैद्धिक पूजाविधिअनुसार वास्तुपूजा गरी पञ्चकन्याले रेष्टुरेन्ट ‘ड्राइभ इन’ र बन्दीपुरहिल बटम स्टेसनस्थित टुरिष्ट पार्कको उद्घाटन गरेका हुन्।

उद्घाटनका अवसरमा केबलकारकोसमेत विधिवत्रुपमा पूजा गरी शुभारम्भ गरिएको कम्पनीका इञ्जिनियर सुप्रियो मण्डलले जानकारी दिए। उनका अनुसार पाँच वर्षअघिदेखि ५६ रोपनी क्षेत्रफलमा निर्माण गरिएको पार्क र रेष्टुरेन्ट व्यावसायिकरुपमा सञ्चालनमा आएका छन्।

केबलकार केही समय आन्तरिक प्रयोजनका लागि मात्र प्रयोग गर्नेगरी सञ्चालन ल्याइएको मण्डलले बताए। सर्वसाधरणका लागि भने चाँडै मिति तोकेर खुला गरिने परियोजना कार्यालयले जनाएको छ।

बन्दीपुरहिलअन्तर्गतका टुरिष्ट पार्क र रेष्टुरेन्ट भने सर्वसाधारणका लागि पूर्णरुपमा खुला गरिएका छन्। यहाँ आउने पर्यटकले बिना कुनै अवरोध मनोरञ्जन लिनसक्ने कम्पनीका उपाध्यक्ष किरण पोख्रेलले बताए।

Laxmi sunrise bank
kumari

उनका अनुसार मनमोहक टुरिष्ट पार्कमा आकर्षक संरचनासँगै चट्टानमा बनेका शिव मन्दिर, गणेश स्वरुप छन् भने फुटपाथमाथि ३३ देवीदेवताका मूर्ति निर्माण गरिएका छन्।

चट्टानमा उल्लुको मूर्ति भगवान् बुद्धको प्रतिमा, सूर्यनारायण भगवान्को वायुयान, विशाल कैलाश पर्वत र भगवान् शिवको प्रकट रुप, भगवान् विश्वकर्माको मूर्तिका साथै जंगली जनावरको संग्रहालय, हात्ती, गैँडा, जिराफ, जेब्रा, जरायो, बाघलगायत जनावरका मूर्ति, स्थानीय घर र दैनिक प्रयोग हुने सामग्रीहरुसहितको संग्रहालयसमेत रहेका पोख्रेलले जानकारी दिए।

निकै आकर्षक दाबी गरिएको उक्त टुरिष्ट पार्क ८६ करोडको लागतमा निर्माण सम्पन्न गरिएको वित्तीय निर्देशक शिवप्रसाद शर्माले जानकारी दिए। यस पार्कमा प्रवेश गर्नका लागि प्रतिव्यक्ति दुईसय, मोटरसाइकल तीनसय, ट्याक्सी पाँचसय, माइक्रो बस एक हजार तथा ठूला बसका लागि एक हजार पाँचसय रूपैयाँ टिकट मूल्य तोकिएको उनको भनाइ छ।

कम्पनीले अफरका रुपमा जतिको टिकट छ त्यो बराबरको नै रेष्टुरेन्टमा सेवा लिन सक्नेगरी गिफ्ट भौचरको व्यवस्था गरेको रेष्टुरेन्टका प्रबन्धक प्रकाश श्रेष्ठले बताए। बन्दीपुरहिलअन्तर्गत पाँचतारे होटल, नवीन टावर, स्काई डाइनिङ, फ्लाई डाइनिङ, स्काई वार, हेल्थ क्लब, ग्राउण्ड डाइनिङ, एक हजार क्षमताको बैङ्क्विट हल, सुभिनार सप, स्काई वाल्क, एज वाल्क, ग्लास वाक थु्र, जिपलाइन, बन्दिपुर-सिद्धगुफा चियर लिफ्टलगायत साहसिक पर्यटकीय मनोरञ्जनका पूर्वाधार समेटर ‘बन्दीपुरहिल’ ब्राण्डमा परियोजना अगाडि बढाइएको उनले जानकारी दिए।

उक्त परियोजनाको कुल लागत छ अर्ब २९ करोड रूपैयाँ पुग्ने जनाइएको छ। सबै पूर्वाधार आगामी दुई वर्षभित्र सम्पन्न भइ सञ्चालनमा आउने कम्पनीले जनाएको छ। 

प्रकाशित: Apr 15, 2024| 18:31 सोमबार, वैशाख ३, २०८१
प्रतिक्रिया दिनुहोस्