आइतबार, साउन १०, २०८३

अन्‍नपूर्ण मुस्कुराएको हेर्न बेस क्याम्प

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- विश्वका चर्चित ट्रेकिङहरुमध्ये अन्नपूर्ण बेसक्याम्प एउटा व्यस्त ट्रेकिङ रुट हो। हरेक वर्ष हजारौं विदेशी पर्यटकहरु ट्रेकिङका लागि अन्नपूर्ण बेसक्याम्प आउने गर्छन्।

आन्तरिक पर्यटकहरुको पनि आकर्षणको केन्द्रमा पर्छ अन्नपूर्ण बेस क्याम्प। काठमाडौंबाट पोखरा हुँदै अन्नपूर्ण बेस क्याम्प पुग्न सकिन्छ। अन्नपूर्ण बेस क्याम्पको सर्ट ट्रेल पोखराबाट क्युमी, झिनु डाँडा, छोम्रोङ, सिनुवा, बाम्बो, दोभान, हिमालय, माछापुच्छ्रे बेस क्याम्प हुँदै अन्नपूर्ण बेस क्याम्प पुग्न सकिन्छ। यहाँ पुग्‍न चार दिन लाग्छ।

त्यसैगरी लङ ट्रेलमा पोखराबाट उल्लेरी, पुनहिल, टाडापानी, गुर्जुङ हुँदै छोम्रोङको रुटबाट माछापुच्छ्रे बेस क्याम्प भएर अन्नपूर्ण बेस क्याम्प पुग्न सकिन्छ। यो बाटोबाट अन्नपूर्ण बेस क्याम्प पुग्न सातदेखि आठ दिन लाग्छ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण र जोखिममुक्त यस ट्रेकिङ रुटमा झरना र खोलाको मनोरम दृश्यावलोकलन गर्न सकिन्छ। छोम्रोङको २२ सय खुड्किला उक्लिन र झर्न थोरै गाह्रो भए पनि अन्य रुट सामान्य व्यक्तिले सहजै हिँड्न सकिन्छ।

फागुनदेखि असारसम्म, असोज-कार्तिकमा प्रायः दैनिक चार सयदेखि छ सयसम्म पर्यटक जाने गर्छन्। सिजनका बेला खानबस्नका लागि होटलको थोरै समस्या हुन्छ। अन्नपूर्ण बेस क्याम्पबाट अन्नपूर्ण साउथ, हिमचुली, फिस्टेल, नीलगिरीलगायतका हिमाल सेताम्य देख्न सकिन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।