आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • युट्युबर मिस्टर बिस्टको टिमले बनाइदियो नेपालको एक अस्पताल [भिडियोसहित]

युट्युबर मिस्टर बिस्टको टिमले बनाइदियो नेपालको एक अस्पताल [भिडियोसहित]

 |  सोमबार, वैशाख ३, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ३, २०८१

काठमाडौं- विश्वमै सबैभन्दा धेरै सब्सक्राइबर भएका सेलिब्रेटी युट्युबर मिस्टर बिस्टले नेपालको एक अस्पताल मर्मतसम्भार गरेका छन्। गत डिसेम्बरमा उनको टिम नेपाल आएको थियो।

National life

बिस्टले हालै भिडियो सार्वजनिक गर्दै आफ्नो टिमले सिन्धुलीको फिक्कल गाउँपालिकामा गरेको कामको बारेमा जानकारी दिएका छन्।

भिडियोमा जाडो र औषधोपचारको अभावमा बच्चा गुमाएकी स्थानीय महिला नीराको मर्मस्पशी कथा देखाइएको छ। निर्माणाधिन अस्पताल र स्वास्थ्यकर्मीलाई पनि देखाइएको छ। बिस्टको समूह र ‘गिभ पावर’ नामक सामाजिक संस्थाले उक्त अस्पतालको मर्मत कार्य अघि बढाएको हो। बायोमेडिकल इन्जिनियर सञ्जबहादुर सिंह ठकुरीसँग मिलेर उनीहरुले मर्मतको काम अघि बढाएका थिए।

उक्त अस्पतालमा प्रसूति सेवा पनि उपलब्ध हुन्छ अहिले। ड्यारेन मार्गोलिस नामक बिस्टको टिमका एक सदस्यले नेपालको हिमाली क्षेत्रमा पाइने लोकल चियाको प्रशंसा गरेका छन्। बेवारिसे अस्पताललाई सुविधासम्पन्न अस्पतालमा रुपान्तरण गरेको दृश्य भिडियोमा छ ।

यो अस्पतालबाट १६ हजार मानिस लाभान्वित हुने भनिएको छ। भिडियोमा गाउँको अस्पतालमा गाउँले भेला भएर पहिलोपटक बत्ती बलेको दृश्य पनि देखाइएको छ।

Shivam cement

हेर्नुस् भिडियो

प्रकाशित: Apr 15, 2024| 12:31 सोमबार, वैशाख ३, २०८१
प्रतिक्रिया दिनुहोस्